सर्लाहीका पालिकाहरु विरुद्ध अख्तियारमा उजुरीको चाङ,२ सय ३५ उजुरी मध्य ३८ वटा मात्रै फछ्र्याैट

428 Shares

सर्लाहीका स्थानीय तहहरु माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा दुई सय ३५ वटा उजुरीहरु परेका छन्।अख्तियारमा सर्लाहीका ११ नगरपालिका र नौ गाउँपालिका गरी २० वटा पालिकाबाट परेका दुई सय ३५ वटा उजुरीहरु मध्ये ३८ वटा उजुरी फछयौट भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।
कार्यालयका अनुसार एक सय ९७ वटा उजुरी माथि अनुसन्धान भईरहेकोले फछ्र्यौट हुन बाकी रहेका छन्।कार्यालयका अनुसार सर्लाहीका ११ वटा नगरपालिकाहरु मध्ये सबै भन्दा बढि कविलासी नगरपालिकाको विरुद्धमा उजुरी परेको छ भने नौ वटा गाउँपालिकाहरु मध्य सबै भन्दा धेरै रानगर गाउँपालिका विरुद्ध २२ वटा उजुरी परेका छन्।कविलासी नगरपालिका विरुद्ध २१ वटा उजुरी परेकामा छ वटा फछर्यौट भएका छन्,भने अझै १५ वटा उजुरी माथि अनुसन्धान भईरहेकोले कार्यालयले जनाएको छ । 
त्यसैगरी रामनगर गाँउपालिका विरुद्ध परेका २२ वटा उजुरी मध्ये सात वटा उजुरी फछर्यौट भएका छन्,भने अझ १५ वटा उजुरी फछर्यौट हुन बाकी रहेका छन् ।त्यस्तै ईश्वरपुर नगरपालिका विरुद्ध छ वटा उजुरी परेकामा एउटा उजुरी फछर्यौट भएको छ भने पाँच वटा उजुरी अझै फछर्यौट हुन बाँकी रहेका छन् ।
मलंगवा नगरपालिका विरुद्ध १३ वटा उजुरी परेकामा अहिले सम्म १३ वटै उजुरी माथि अनुसन्धान भईरहेका,लालबन्दी नगरपालिका विरुद्ध चार वटा उजुरी परेका मध्ये अहिले सम्म एउटा पनि उजुरी फछर्याैट भएको छैन।हरिपुर नगरपालिका विरुद्ध पाँच वटा उजुर परेकामा पाँच वटै उजुरी फछर्यौट हुन बाकी रहेका,हरिपुर्वा नगरपालिका विरुद्ध ११ वटा उजुरी परेकामा दुई वटा उजुरी फछर्यौट भएका अख्तियारले जनाएको छ।हरिपुर्वा नगरपालिका विरुद्ध परेका अझैँ नौ वटा उजुरी फछयौट हुन बाकी रहेका छन् ।हरिवन नगरपालिका विरुद्ध छ वटा उजुरी परेकामा एउटा फछर्यौट भएको र पाँच वटा उजुरी फछर्यौट हुन बाकी रहेका छन्।बरहथवा नगरपालिका विरुद्ध अख्तियारमा १९ वटा उजुरी परेकामा दुई वटा उजुरी फछर्यौट भएका र १७ वटा उजुरी अझै फछर्यौट हुन बाकी रहेका छन् । 
त्यस्तै बलरा नगरपालिका विरुद्ध परेका २० वटा उजुरी मध्य तीन वटा उजुरी फछर्यौट भएका र १७ वटा उजुरी अझै फछर्यौट हुन बाकी रहेका छन् ।गोडैता नगरपालिका विरुद्ध १३ वटा उजुरी परेकामा तीनवटा वटा फछयौट भएको छ । बागमती नगरपालिका विरुद्ध १५ वटा उजुरी परेकामा एउटा वटा फछर्यौट भएको र १४ वटा उजुरी फछर्यौट हुन बाकी रहेका कार्यालयले जनाएको छ ।
चक्रघटा गाँउपालिका विरुद्ध १७ वटा उजुरी परेकामा दुई वटा उजुरी फछर्यौट भएका र १५ वटा उजुरी अझै फछर्यौट हुन बाकी रहेका,धनकौल गाँउपालिका विरुद्ध परेको नौ वटा उजुरी मध्ये एउटा मात्र फछर्यौट भएको छ ।
ब्रम्हपुरी गाँउपालिका विरुद्ध परेको पाँच वटा उजुरीमा अहिले सम्म एउटा पनि उजुरी फछर्यौट भएको छैन।बिष्णु गाँउपालिका विरुद्ध परेका छ वटा उजुरी मध्ये अहिले सम्म कुनै पनि उजुरी फछर्यौट भएको छैन।बसवरिया गाँउपालिका विरुद्ध नौ वटा उजुरी परेकामा एउटा फछर्यौट भएको र कौडेना गाँउपालिका विरुद्ध परेका १८ वटा उजुरी परेकोमा तीन वटा उजुरी फछर्यौट भएका छन्।साथै पर्सा गाँउपालिका विरुद्ध १३ वटा उजुरी परेकोमा पाँच वटा उजुरी फछर्यौट भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।
आर्थिक वर्षको अन्त्यमा हतार हतारमा काम गर्ने साथै आफ्ना नेता कार्यकर्ताहरुलाई खुसी पार्नका लागि काम दिन गरेका उजुरीहरु समेत पर्ने गरेका छन् भने जनचेतनामूलक कार्यक्रमहरुको नाममा व्यानरमा गरिने कार्यक्रमहरुका विरुद्धमा पनि उजुरीहरु परेका अख्तियारले जनाएको छ ।कतिपय राजनितिक आग्रह पुर्वाग्रहका कारण पनि अख्तियारमा उजुरीहरु पर्ने गरेका पाइएको छ ।

सम्बन्धित समाचार