अबैध रुपमा प्राकृतिक जन्य गिटी बालुवा उत्खनन गरि भारत निकासी गर्न लागेको भन्दै त्यसको विरोधमा जनलहर उर्लिएको छ ।
नेकपा (माओबादी केन्द्र)को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग,नेपाल सर्लाहीले जिल्लाको लालबन्दी बजारमा अबैध रुपमा प्राकृतिक जन्य गिटी बालुवा उत्खनन गरि भारत निकासी गर्न लागेको भन्दै त्यसको विरोध प्रदर्शन गरेको छ ।वाई सि एल सर्लाहि का संयोजक समिर बराईलीको नेतृत्वमा लालबन्दी बजारमा प्लेकार्ड सहित बिरोध प्रदर्शन गरेको हो ।
गत जेष्ठ १५ गते ऋण घाटा कम गर्न भन्दै नेपाल सरकारले चुरे क्षेत्रबाट अबैध रुपमा गिटी बालुवा उत्खनन गरि भारत निकासी गर्ने र ऋण घाटा कम गर्ने भन्दै निकासीका लागि तयारी गरेको थियो । सरकारले उक्त सम्बोधन गरे लगतै नेकपा (माओबादि केन्द्र)लगायतका विपक्षि दलहरुले उत्खनन र निकासी कार्यलाई तत्काल रोकि बजेट भाषण मा सम्बोधन गरिएको नीति खारेज गर्न माग गर्दै आएका छन् ।
पार्टीको सर्कुलर अनुसार वाईसिएल,नेपाल,सर्लाहीले छात्तीमा प्लेकार्ड टासेर पुर्व पश्चीम लोकमार्गमा बिरोध प्रदर्शन गरिएको प्रदेश दुईका संयोजक सन्देश श्रेष्ठले जानकारी दिनु भयो । चुरे उत्खनन कार्य बन्द गर,चुरे उत्खनन गनर्, मास्न पाईदैन ,उत्खनन कार्य तत्काल बन्द गर ,चुरे भावर संरक्षण गर लगायत नारा सहितको प्लेकार्ड बोकेर वाईसिएल,नेपाल,सर्लाहीले विरोध प्रदर्शन गरेको हो ।