Close This

ईट्टाभट्टाको खाडलमा जमेको पानीमा डुबेर २ जनाको मृत्युु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-९ गते   ११८ पटक हेरिएको

सर्लाहीको मलंगवा नगरपालिका–११, गम्हरियामा  ईट्टाभट्टाले खनेकोे खाडलमा जमेको पानीमा डुबेर एकै घरका दाजुभाईको मृत्यु भएकोे छ । 
 मलंगवा नगरपालिका–११,गम्हरिया निवासी सद्दाम अन्सारीका छोराहरु ८ वर्षीय रेआज अन्सारी र ६ वर्षीय नेआज अन्सारीको ईट्टाभट्टाले खनेकोे खाडलमा जमेको पानीमा डुबेर  मृत्यु भएकोे हो । 
बाख्रा चराउन गएको बेला ईट्टाभट्टाले खन्दा बनेको खाडलमा जमेको पानीमा पौडी खेल्न दुई दाजुभाई सँगै पसेका थिए । बुधबार दुई दाजुभाई डुबेपछि उनिहरुसँगै बाख्रा चराउन गएका अर्का बालकले हल्लीखल्ली गरेपछि गाउँलेले घटनाबारे थाहा पाएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।
तत्काल ईट्टाभट्टाका मजदुर र गाउँले मिलेर डुबेका दुई बालकलाई निकालेर उपचारका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा पुर्याएका थिए । अस्पतालमा पुर्याउँदा उनिहरुको मृत्यु भईसकेको बताएको थियो । ईट्टाभट्टा संचालक पत्ता लगाउने तथा घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech