Close This

उघोग वाणिज्य संघद्वारा तीनजना मन्त्रीहरुलाई भब्य स्वागत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-१२ गते   २७१ पटक हेरिएको

प्रदेश नं.२ सरकारका तीनजना मन्त्रीहरुलाई जनकपुर उघोग वाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ ।
 प्रदेश सरकारका महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह,भौतिक पुर्वाधार मन्त्री राम सरोज यादव र खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मालाई जनकपुर उघोग वाणिज्य संघका अध्यक्ष जितेन्द्र माहासेठ सहितको टिमले स्वागत तथा सम्मान गरेको हो ।
एक कार्यक्रमकोे आयोजना गरी भब्य स्वागत तथा सम्मान गरिएको महिला बालबालिका युवा तथा खेलकुद मन्त्री सिंहका स्वकीय सचीव निकेश त्रिपाठीले जानकारी दिनुभयो । उहाँहरु मन्त्री भएपछि आफ्नो जिल्लाको आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरुको माग तथा समस्या बुझ्न निर्वाचन क्षेत्र दौडाहमा रहनु भएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech