सर्लाहीको धनकौल गाउँपालिकाले १२ दिन ढिलो गरी आफ्नो ७ औँ गाउँ सभा अधिवेशन शुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष रामआश्रय साहको अध्यक्षता तथा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा गाउँ सभा उद्घाटन गरिएको मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिनु भयो ।
गाउँ सभामा रु ३५ करोड ४५ लाख ६७ हजार बराबरको अनुमानित आय–व्यय सहितको बजेट प्रस्तुत गरिएको छ । असार १० गते नै हरेक स्थानिय निकायले आफ्नो बनेट ल्याउनु पर्ने भएपनि आन्तरीक विवादका कारण जिल्लाका २ वटा स्थानिय निकायले निर्धारित समयमा बजेट ल्याउन सकेका थिएनन् । भने बाँकी रहेका १८ वटा स्थानिय निकायले निर्धारित समयमै बजेट ल्याएका छन् ।