Close This

हरिवन १० द्धारा लोपोन्मुख पञ्चेबाजा हस्तान्तरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-२७ गते   ७१ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका १० ले सदियौंदेखि पञ्चेबाजा बजाउँदै आएको समुदायलाई बाजाहरु प्रदान गरेको छ । आईतबार हरिवन नगरपालिकाको कार्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच सनै, टेम्को, दमा, कर्नाल, नर्सीङा, झ्याली लगायतका पञ्जे बाजा हस्तान्तरण गरिएको हरिवन. १० का वडाध्यक्ष शम्भु मैनालीले जानकारी दिनु भयो ।
हरिवन घरभई विबाह, ब्रतबन्ध लगायत शुभकार्यमा बाजा बजाउँदै आएका दमाईँ समुदायलाई आर्थिक उन्नतीमा टेवा पुगोस् भनेर रु १ लाख बराबरको पञ्चेबाजा वितरण गरिएको वडाध्यक्ष मैनालीले बताउनु भयो ।
वडाध्यक्ष मैनालीको सभापतित्व एवम हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाईँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पञ्चेबाजा हस्तान्तरण  गरिएको हो । वडाध्यक्ष मैनालीले वडाको बजेटबाट पञ्चेवाजा वितरण गरेर नेपाली समुदायमा अत्यन्त लोकप्रिय मानिने लोपोन्मुख कलासंस्कृतिको जगेर्नामा निकै टेवा पुग्ने नगर प्रमुख प्रसाईंले बताउनुभयो ।
पञ्चेबाजा बाजा हस्तान्तरण कार्यक्रममा हरिवन नगरपालिकाकी उप प्रमुख रेणुका देवी पौडेल,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडाल, नेकपा एमाले सर्लाहीका नेताहरु विदुर प्याकुरेल, राजकुमार उप्रेती लगायतको उपस्थिती रहेको नगर प्रमुखका स्वमकीय सचिव युवराज आर्चायले जानकारीदिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech