Close This

निर्दलीय परमादेश विरुद्ध अखिल र युवा संघ नेपालद्धारा लालबन्दीमा विरोध प्रर्दशन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-४ गते   ३९५ पटक हेरिएको

निर्दलीय परमादेश विरुद्ध अखिल र युवा संघ नेपालद्धारा लालबन्दीमा भएको मसाल सहितको विरोध र्याली

निर्दलीय परमादेश विरुद्ध अखिल र युवा संघ नेपालद्धारा लालबन्दीमा विरोध प्रर्दशन
सर्लाहीको लालबन्दीमा नेकपा(एमाले) निटक विद्यार्थी संगठन अखिल र युवा संघ नेपालले पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सर्मथनमा मसाल जुलुस गरेको छ । पुर्व प्राधनमन्त्री ओलीका समर्थकहरुले उइ लभ केपी बा,निर्दलीय परमादेश मुर्दावाद,भ्रष्ट हत्याराहरुलाई छाड्न पाइदैन,भारतिय सेटिङ्गको परमादेश मुर्दावाद,चुच्चे नक्सा हाम्रो हो, लिपुलेक लिम्पियाधुरा कालीपानी हाम्रो हो भन्दै लालबन्दी नगरपालिका ६ को जनवादी चोकबाट शुरु गरेको मसाल सहितको र्याली लालबन्दी नगरपालिका ७ को पश्चीम बसपार्क पुगेर कोण सभामा परिणत भएको थियो ।
अखिलका पुर्व अध्यक्ष उज्वल कुमार कार्कीको नेतृत्वमा निस्केको मसाल सहितको र्यालीमा स्थानिय युवाहरु,स्थानिय नेताहरुको उल्लेख्य सहभागीता रहेको अखिलले जनाएको छ । सर्वाेच्च अदालतले परमादेश जारी गरेपछि प्रधानमन्त्ती ओली पद मुक्त हुनु भएको थियो ।  सोही परामादेशका साथै प्रधानमन्त्री शेर बहादुर देउवाले दलाल र भ्रष्टाचारीहरुलाई उन्मुक्ति दिने तयारी गरेपछि सर्लाहीको लालबन्दीमा नेकपा(एमाले) निटक विद्यार्थी संगठन अखिल र युवा संघ नेपाल थप आक्रामक भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech