Close This

प्रतिनिधि सभासदस्य सिंंहलाई कार्बाही गर्न कांग्रेस सर्लाही क्षेत्र नम्बर ४ का नेता तथा कार्यकर्ताको पार्टीसभापति समक्ष अनुरोध

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-७ गते   ४२७ पटक हेरिएको

नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले पार्टी विरोधी क्रियाकलाप तथा व्यवहार देखाएको भन्दै सर्लाही जिल्ला र क्षेत्रका कांग्रेस नेता तथा कार्यकर्ताहरुमा चिन्ता छाएको छ । सोही विषयलाई लिएर कांग्रेसका नेता तथा कार्यकर्ताहरुले पार्टीको विधि विधान बमोजिम  सिंहलाई कार्यवाही गर्न प्रधानमन्त्री तथा पार्टीका सभापती शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् ।
पार्टीको क्रियाशील सदस्यता वितरण सम्बन्धि उत्पन्न अवाञ्छित ,अस्वभाविक र भद्दा प्रवृत्तिले कांग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध उत्पन्न भएकोे उल्लेख गर्दै सिंहको अहंकार,दुष्ट प्रवृत्ति ,पटक पटक पार्टी र शिर्ष नेतृत्वको बारेमा दिने गैर जिम्मेवार पुर्ण  अभिव्यक्ति ,झुठो आश्वासन ,कुरा लगाउने बानी, क्षेत्र विपक्षीको घरमा बसेर पार्टी विरोधी गतिविधि र षड्यन्त्र गरि पार्टी कार्यकर्तालाई गालीगलौज तथा धाकधम्की लगाउने,पार्टीको विधि विधान ,पद्धति र संगठनको निर्णयलाई सधै बेवास्ता गरि कुल्चेर अगाडी बढ्न खोज्ने ,जिल्ला र क्षेत्रमा हुने पार्टीको कार्यक्रमहरुमा सहभागी नहुने ,आफ्नो क्षेत्रमा कांग्रेसको तर्फबाट निर्वाचित स्थानिय निकायहरुलाई आफु  अनुकुल अनावश्यक कार्य गर्न दवाब, धाक धम्की समेत दिने गरेका भन्दै नेकापी कांग्रेस सर्लाही क्षेत्र नम्बर ४ का नेता तथा कार्यकर्ताहरुले सभापति देउवाको ध्यानाकर्षण गराएका छन् ।
 त्यस्तै,पटक पटक आफ्नो संसदीय कोषको रकम हिनामिना गरि पार्टीलाई बदनाम गराउने ,विपत्त र दैवीप्रकोपको समयमा  क्षेत्रमा एक पटक पनि नआउने र अहिले अधिवेशनको लागि जिल्ला र क्षेत्रले संचालन गरेका कार्यक्रमहरुमा पनि नआउने तर वडा,पालिका ,प्रदेश ,क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला कार्यसमितिहरुले गरेका निर्णयहरुलाई कुल्चेर अगाडी बढ्न विभिन्न जालझेल र तानाशाही प्रवृत्ति अवलम्बन गर्ने प्रतिनिधि सभा सदस्य सिंहको तानाशाही र अधिनायकवादी प्रवृत्तिबाट आफुहरु हैरान भएको भन्दै वडादेखि क्षेत्रसम्मको निर्णयले क्रियाशील सदस्यता सदर गरिदिन सर्लाही  क्षेत्र नम्बर ४ का नेता तथा कार्यकर्ताहरुले सभापति देउवासँग आग्रह गरेका प्रदेश २ को महिला,बालबालीका,युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंहले जानकारी दिनु भयो । पार्टीको विधि विधान अनुरुप प्रतिनिधि सभा सदस्य सिंहलाई आवश्यक कार्यवाही गर्न र आवश्यक कार्बाही नभए सर्लाही क्षेत्र नम्बर ४ अन्र्तगतका वडा समितिदेखि क्षेत्रीय समिति सम्मका पार्टीको पदिय हैसियमा रहेका नेता तथा कार्यकर्ताहरुले सामुहिक राजिनामा दिने मन्त्री सिंहले कमलामाई मिडिया प्रालीलाई जानकारी दिनु भयो ।
पार्टीका प्रदेश न २ का प्रदेश सभा सदस्य तथा मन्त्री सिंह, प्रदेश सभा सदस्य उपेन्द्र प्रसाद कुशवाहा,क्षेत्रीय सभापति तथा धनकौल गाउँपालिका अध्यक्ष राम आश्रय साह,बसबरिया गाउँपालिकाका अध्यक्ष राम आयोध्या यादव ,रामनगर गाउँपालिकाका उपा अध्यक्ष नितु कुमारी यादव,क्षेत्र नम्बर ४ (क)का  प्रदेश क्षेत्रीय सभापति हरेन्द्र सहनी,क्षेत्र नम्बर ४ (ख) का प्रदेश क्षेत्रीय सभापति अशोक कुमार सिंह,बलरा नगर सभापति बालकिशोर सिंह,बरहथवा नगर सभापति उपेन्द्र महतो,बसबरिया गाउँपालिकाका सभापति लालबाबु महतो,धनकौल गाउँपालिकाका सभापति बैजनाथ प्रसाद सिंह तथा  रामनगर गाउँपालिकाका सभापति राम एकवाल साह लगायतका नेताहरुले संयुक्त रूपमा  हस्ताक्षर गरि अनुरोध पत्र पठाएका छन् । यदि आफुहरुको माग सम्बोधन नभएमा पार्टीको वडा समिति देखि क्षेत्रीय समिति सम्मका  सबै नेता तथा कार्यकर्ताहरुले पार्टीको हैसियतबाट संयुक्त रूपमा राजिनामा दिने  अनुरोध पत्र मार्फत उलेख गरिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech