Close This

अनियमित विद्युत् कटौती विरुद्ध लालबन्दीमा प्रदर्शन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-१५ गते   २१५२ पटक हेरिएको

सर्लाहीको लालबन्दीका युवा दिनमा २० औं पटक विद्युत् कटौती हुन थालेपछि  आन्दोलित भएका छन्। पटक पटक हुने विद्युत कटौती र कम भोल्टेज आउने समस्याले हैरान भएका लालबन्दीका स्थानीय युवाहरुले आज (शुक्रबार) प्रदर्शन गरेका हुन ।
प्रदर्शनमा उत्रिएका युवाहरूले विद्युत् प्राधिकरणको लापरबाहीविरुद्ध पूर्वपश्चिम लोकमार्गअन्तर्गत लालबन्दी खण्डमा केही सयम चक्काजाम गरेर नाराबाजीसमेत गरेका थिए।
छिनछिनमै विद्युत् कटौती हुने र कम भोल्टेजका कारण विद्युतीय सामग्री बिग्रिएर हैरान भएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको लालबन्दी नगरपालिका ६ का वडाध्यक्ष तथा स्थानिय युवाका अगुवा उज्वल कुमार कार्कीले कमलामाइृमिडिया प्रालिलाई जानकारी दिनुभयो ।
स्थानिय युवाहरुले विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीलाई ज्ञापनपत्र बुझाउँदै यथासक्य समस्या समाधान गर्न प्राधिकरणले चासो नदिए थप शसक्त आन्दोलन गर्नेचेतावनी दिएका छन् ।
यता, विद्यु्त् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सुधीर कुमार रायले यो समस्या समाधान हुन अझै करिब दुई साता लाग्ने बताउनु भएको छ । उहाँका अनुसार ढल्केबर ग्रिडको सवस्टेसनको ३० एमपिए पावर ट्रान्सफर्मर बिग्रेको कारण सर्लाहीको विद्युत् आपूर्तिमा समस्या भएको हो।
रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको प्रसारण लाइनको कन्डक्टर क्षमताभन्दा बढी करेन्ट प्रवाह हुँदा ओभरलोड भएका कारण विद्युत् आपूर्तिमा समस्या भएको उहाँले कमलामाई मिडिया प्रालिलाई बताउनु भयो । विद्युत कटौतीका विरुद्ध जिल्लाका युवाहरु र स्थानियले लगातार युवाले पनि विरोध प्रदर्शन गरि रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech