Close This

लालबन्दीमा साताव्यापी नेपाल मास्क अभियान शुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-२३ गते   २३७८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले नेपाल मास्क अभियान २०७८ सुरु गरेको छ । लालबन्दी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नेपाल मास्क अभियान आज(शनिबार) बाट सुरु गरिएको नगर स्वासथ्य शाखाले जनाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढ्दो क्रममा रहेको र दोस्रो चरण तथा सम्भावित तेस्रो चरणको कोभिड–१९ रोकथाम, नियन्त्रणको पूर्व तयारी स्वरुप मास्क प्रयोगको महत्व बुझाउँदै व्यवहार परिवर्तनका लागि प्रोत्साहन गर्न मास्क अभियान २०७८ सुरु गरिएको नगर स्वास्थ्य संयोजक सुदिप काफ्लेले कमलामाई मिडिया प्रालिलाई जानकारी दिनु भयो । उहाँका अनुसार लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरुको उपस्थितीमा साताव्यापी नेपाल मास्क अभियान, २०७८ कार्यक्रम सुरु गरिएको हो ।
कोभिड संक्रमणबाट कसरी बच्ने,सार्वजनिक ठाउँहरुमा जनचेतना जगाउने तथा समाजिक व्यवहार परिवर्तन गराई कोभिड नियन्त्रण होस भन्ने उदेश्यले मास्कको महत्व समेत बुझाइ साता व्यापी कार्यक्रम शुरु गरिएको नगरस्वास्थ्य सह संयोजक सुरेन्द्र खतिवडाले बताउनु भयो ।
साताव्यापी कार्यक्रम अन्तर्गत आइतवार लालबन्दी नगरपालिका १ मा कार्यक्रम गर्ने नगर स्वासथ्य शाखाले जनाएको छ । लालबन्दी नगरपाकिला १ देखि १७ सम्म साताव्यापी कार्यक्रम गर्दै साउन २७ गते कार्यक्रम सकिने नगर स्वास्थ्य शाखाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech