देशकै ठुलो मानवनिर्मित भरत ताल पर्यटकिय गन्तव्य बन्दै,मन लोभ्याउँदै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-४ गते   २९९१ पटक हेरिएको


सर्लाहीको बाग्मती नगरपालिका १२ स्थित नेपाल कै ठूलो मानवनिर्मित भरत तालको निर्माणाधीन कार्य अन्तिम चरणमा पुगेको छ । तालको निर्माण कार्य पूर्ण रुपमा नसकिए पनि असार १० गतेबाट तालमा पहिलो जेटबोट संचालनमा ल्याइएको छ । 
पुर्ब पश्चिम लोकमार्ग देखि करिव २ किलोमिटर दक्षिण तर्फ रहेको सो मानवनिर्मित भरत तालमा ३५ सिटे जेटबोट संचालनमा ल्याइएको बागमती नगरपालिकाका नगरप्रमुख भरत कुमार थापाले जानकारीदिनुभयो । मोटरबोट संचालनमा आए देखि सो ताल पर्यटकीय क्षेत्रको रुपमा परिचीत हुँदै गएको छ । सो तालमा देशका बिभिन्न ठाँउबाट दैनिक सयौं आन्तरीक पर्यटकहरु आउने गरेका नगर प्रमुख थापाले बताउनुभयो । 
नगर प्रमुख थापाको बिशेष पहलमा निर्माण गरिएको सो तालकोे कुल गहिराई ४५ फिट रहेको एवम ताल १ सय २१ बिघा क्षेत्रफलमा निर्माण गरिएको छ । गर्मी महिनामा सो तालमा मोटरबोट चढेर गर्मी भगाउन र मनोरन्जन लिन अति आनन्द आउने पर्यटकहरुले बताएका छन् ।
विदाको दिन परिवारसहित ठूलो संख्यामा आन्तरिक पर्यटकहरु आउने गरेको पाइन्छ। यस तालमा हंसराज प्रजातिको हाँस समेत पालिएको छ । भने पछिल्लादिनहरुमा माछा पालन समेत गरिने नगरपालिकाले योजना बनाएको छ । नगरपालिका भित्रका करिब १ हजार २ सयबेरोजगार युवाहरुलाई रोजगारी दिने योजनाका साथ तालको निर्माण शुरु गरिएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले जानकारी दिनुयो । उहाँका अनुसार नगरको अर्थाेपार्जनको रुपमा ताल निर्माण महत्वपुर्णस्रोत रहेको छ ।
यस ताललाइ व्यवस्थित गर्दै बगैंचा, पार्क पार्क अनि पिकनिक स्पोट बनाउने काम पनि निरन्तर भई रहेको नगरपालिकाले जनाएको छ । यहाँ आएर जेटबोट र मोटरबोटमा सवार भै केहि समय घुम्दा पोखरामा रहेको फेबाताल भन्दा बढी मनोरञ्जन आउने जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोख्रेलले बताउनु भयो । विदाकोदिनमा आफु पनि मनोरञ्जन गर्न तालमा घुम्न आउने गरेको र गर्मी मौसममा तालमा बोट चढेर घुम्दा पोखराको फेवातालको झल्कोमेटिने गरेको उहाँको अनुभव छ । अझै तालको बीचमा बन्दै गरेको रिर्साेट(होटल प्यालेस)ले एक्कासि रानिपोखरी र पोखराको फेबातालको बिचमा रहेको ‘ताल बराही’याद आउने उहाँले बताउनु भयो ।
अझ मानवनिर्मित यस ताल टिकटक प्रयोगकर्ताको लागि “टिकटक”बनाउने ठाउँको रूपमा प्रख्यात हुँदै आएको छ। यहाँ आउने करिब ९० प्रतिशत पर्यटकले रमणीय वातावरण देखेर “टिकटक “बनाएर फर्किन्छन्। कलकल बग्ने बागमती नदि र छेउमा बन्दै गरेको रेलको लिकले हरेक पर्यटकको मन लोभ्याउने गर्दछ । यस तालको हालसम्मको कुल लागत  करिब रु ३० करोडको अनुमान गरिएको भएपनि लागत खर्च सार्वजनिक गरिएको छैन ।
सोही तालको अध्ययन अवलोकन भ्रमणमा आउनु भएका तनहुँको देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बागमती नगरपालिकाका नगरप्रमुख थापासंग भेटगरि पर्यटन विकासको महत्वपुर्ण विषयमा छलफल गर्नु भएको छ । भने अनुभव समेत आदान प्रदान गर्नु भएको  छ ।
सो तालमा नेपाल सिट एण्ड बोट बिल्डिङ्ग कम्पनीद्वारा उत्पादन गरिएका राइनोज, फिस्टेल, जेट बोट नामका मोटर बोटहरु सञ्चालन हुने नेपाल सिट एण्ड बोट बिल्डिङ्ग कम्पनीका अध्यक्ष लेखनाथ पौडेल जानकारी दिनु भयो । साथै ३ सय सिट  क्षमताको तिनतले मिनि क्रुजको पनि डिजाईन हुदैछ जसमा २६ वटा डिलक्स रुम र पाटि तथा सेमिनार हल र रेष्टुरेन्ट  पनि हुनेछ । उक्त क्रुजमा जापान र चाइना दुई देशमा बनेको इन्जिन जडान हुनेछ । अध्ययन अवलोकन भ्रमणमा देशका विभिन्न स्थानका जनप्रतिनिधिहरु आउने गरेका नगरपालिकाले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech