नेकपा (एमाले)सर्लाही जिल्ला कमिटिले अगुवा नेता कार्यकर्ता भेला सर्लाही सदरमुकाम मलंगवामा सम्पन्न गरेको छ । पछिल्लो समयमा नेकपा(एमाले)मा आएको विभजन पछि पहिलो पटक नेकपा(एमाले) सर्लाहीले अगुवा नेता कार्यकर्ता भेला सर्लाही सदरमुकाम मलंगवामा सम्पन्न गरेको हो ।
उधोग बाणिज्य संघ मलंगवाको सभाहलमा भएको कार्यक्रममा नेकपा(एमाले) सर्लाहीका अध्यक्षता राजनारायण साहले अध्यक्षता गर्नु भएको थियो भने नेकप(एमाले प्रदेश २ का इन्चार्ज तथा केन्द्रीय सदस्य रघुबिर महासेठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्थायी कमिटी सदस्य तथा प्रदेश २ का पुर्ब ईन्चार्ज पदेशसभा सदस्य सत्यनसरायण मण्डल, प्रदेश २ का सह ईन्चार्ज पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका सदस्य सुमन प्याकुरेल लगायत नेकपा(एमाले) सर्लाहीका नेता तथा कार्यकर्ताहरुको विषेश उपस्थिती रहेको नेकपा(एमाले) सर्लाहीले जनाएको छ ।