Close This

इन्दु शंकर चिनी उद्योगद्धारा करिब १ महिनामा  ८ लाख २२ हजार क्युन्टल उखु क्रसिङ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१०-६ गते   ४६९ पटक हेरिएको

सर्लाहीको हरिवनमा रहेको ईन्दु शंकर चिनी उद्योगले उद्योग सञ्चालनको करिब १ महिनामा  ८ लाख २२ हजार क्युन्टल उखु क्रसिङ गरेको छ । 
पौष ११ गतेबाट यस सिजनको लागि उद्योगले उखु क्रसिङ सुरु गरेको थियो । करिब १ महिनाको अवधीमा उद्योगले सो परिमाणमा उखु क्रसिङ गरेको उद्योगका उखु प्रवन्धक योग नारायण रजकले बताउनु भयो । यस वर्ष ६५ लाख क्युन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको उद्योगले हाल दिनको करिब ४५ हजार क्न्टिल उखु क्रसिङ गरिरहेको रजकले बताउनु भयो । पछिल्ला केही दिनमा पानी परेका कारण किसानहरुले उखु कम ल्याएका कारण हाल उद्योगले सानो मेसिन चलाएर काम गरि रहेको उद्योगले जनाएको छ । मेसिन सफा गर्नु पर्ने भएको र पानी परेका कारण उद्योगमा उखु कम आएको भएर पनि सानो मेसिन मात्र चलाएको प्रवन्धक रजकले बताउनु भयो । किसानहरुले उद्योगमा उखु पहिला कै तुलनामा ल्याउन थालेपछि ठुलो मेसिन पनि सञ्चालनमा आउने उहाँले बताउन भयो ।
जिल्लामा रहेका तीनवटा चिनी उद्योग मध्ये हाल सम्म हरिवनमा रहेको इन्दु शंकर चिनी  उद्योग र गोडैतामा रहेको महालक्ष्मी  चिनी उद्योग मात्र सञ्चालनमा आएका छन । देशकै सबै भन्दा बढी उखु खेती हुने सर्लाही जिल्लामा इन्दु शंकर चिनी उद्योग, महालक्ष्मी चिनी उद्योग र अन्नपुर्ण चिनी उद्योग गरी तीनवटा चिनी उद्योगहरु रहेका छन । उखु किसानहरुलाई ३÷४ वर्ष देखिको भुक्तानी नदिएका कारण हाल धनकौलमा रहेको अन्नपुर्ण चिनी उद्योग बन्द रहेको छ ।


चिनी उद्योग सञ्चालनमा नआउँदा जिल्लाको दक्षिणी क्षेत्रका किसानहरुले उत्पादन गरेको उखु बिक्रि वितरणमा समस्या भएको किसानहरुले गुनासो गरेका छन । सो क्षेत्रमा धेरै जमिनमा उखु उत्पादन भएको भएपनि चिनी उद्योग बन्द हुँदा आफु मारमा परेको भन्दै धेरै उखु उत्पादन किसानहरु आफु कहाँ आउने गरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताउनु भयो । हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योग सम्म ल्याउन पनि निकै समस्या हुने गरेको किसानहरुको गुनासो रहेको साथै उनिहरुले आफुलाई ईन्दु शंकर चिनी उद्योगको चलान मिलाई दिन पटक पटक आग्रह गर्ने गरेका अध्यक्ष मैनालीले बताउनु भयो । 
चिनी उद्योगहरु र सरकार बीच भएको सहमती चिनी उद्योगहरुले कार्यन्वयन नगर्दा उखु उत्पादक किसानहरु मर्कामा परेका छन । भने उखु उत्पादक चिनी उद्योगहरुले माघ ७ गते सम्म आफुहरुको बाँकी रकम भुक्तानी नदिए आन्दोलन गर्न बाध्य हुने उखु उत्पादक अगुवा किसान मुकेश कुमार ठाकुरले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech