Close This

इश्वरपुरमा व्यापारी व्यापारी बीच विवाद पछि स्थानीय र प्रहरीबीच झडप,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१३ गते   २५३ पटक हेरिएको

इश्वरपुरमा व्यापारी व्यापारी बीच विवाद पछि स्थानीय र प्रहरीबीच झडप पछि नगर प्रमुख देवकोटा आफैँ जेसिबीमा चढेर अतिक्रमित सडक खाली गराउँदै

सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलवास बजार क्षेत्रमा  बाटो फराकिलो बनाउने क्रममा स्थानिय व्यापारी,व्यवसायीहरु र प्रहरी बीच झडप भएको छ । ईश्वरपुर नगरपालिका ६ को बयलवास बजार क्षेत्रमा  बाटो फराकिलो बनाउने क्रममा स्थानिय व्यापारी,व्यवसायीहरु र प्रहरी बीच झडप भएको हो । 
सोमबार बिहान बजार क्षेत्रमा चलेका जेसिबी, डोजरलगायतमा स्थानीय व्यापारी,व्यवसायीहरुले ढुंगामुढा हान्न सुरु गरेपछि सो कार्य रोक्न खोज्दा स्थानिय व्यापारी,व्यवसायीहरु र प्रहरी बिच झडप भएको ईलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिनु भयो । 
व्यापारी,व्यवसायीहरु र प्रहरी बीच भएको झडपमा ४ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ । 
इश्वरपुर नगरपालिकाले केही दिनअघि बजार क्षेत्रको बाटो साँघुरो भएको र मापदण्ड मिचिएको भन्दै फराकिलो र बस्ती क्षेत्र खाली गराउँन भन्दै सुचना समेत जारी गरेको थियो । उच्च अदालतको आदेश अनुसार नगरपालिकाले सडकको विस्तार गर्नसुरु गरेपछि सुरु सुरुका दिनमा व्यापारी,व्यवसायीहरुले विरोध जनाएपनि पछि व्यापारी,व्यवसायीहरुकै समहतीमा सडकको विस्तारको काम सुरु गरिएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटाले बताउनु भयो ।
धेरै समयदेखि बजार क्षेत्रलाई नै असर पार्ने गरी सडकमै घर टहरा बनेका भन्दै बाटो फराकिलो बनाउन नगरपालिका लागिपरेपछि उच्च अदालतले बाटो विस्तारको लागि आदेश दिएको थियो । 
नगरपालिकाले बजार क्षेत्रको बाटो ७२ फिटको बनाउन लागेको छ । जसको कारण आफ्नो पसल तथा घर भत्किने भन्दै व्यापारीहरूले विरोध जनाएका थिए । भने सोमबार व्यापारी,व्यवसायीहरुले सडक अतिक्रमण भएको क्षेत्र चाँडै खाली गराउनु पर्ने भन्दै नगरका जनप्रतिनिधिहरुसंग माग गरेपनि केही व्यापारी व्यावसायिहरुले  नगरपालिकाको आग्रह अटेर गरेपछि झडपको स्थिती सृजना भएको नगरपालिकाले जनाएको छ । 
झडप पछि नगर प्रमुख देवकोटा आफैँ डोजरमा चढी बाटो खाली गराउन लागि पर्नु भएको थियो । नगरपालिकाले जारी गरेको सुचनालाई अटेर गरेका व्यापारी व्यावसायीहरुलाई मंगलबार बिहान सम्म  सडक अतिक्रमण गरि गरिएको व्यापार व्यावसाय खाली गराउन आग्रह गरेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech