पुर्व पश्चीम लोकमार्गका सडक र पुलका खाल्डाहरु दुर्घटनाका कारक

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२३ गते   २८५४ पटक हेरिएको

सर्लाहीको पूर्व–पश्चिम लोकमार्गमा भएका खाल्डाखुल्डीका कारण सवारी दुर्घटना दिनप्रतिदिन बढ्दैगएको छ । सडक र पुलको मर्मत सम्भार गरिएको केही सातामै लोकमार्गको दर्जनौँ स्थानमा ठूल्ठूला खाल्डा परेका छन्। 
चौबिसै घण्टा ब्यस्त रहने पूर्व–पश्चिम लोकमार्गमा ‘ठूल्ठूला’ खाल्डा बने पनि समयमै मर्मतका लागि सम्वन्धित निकायले चासो नदिएका कारण यात्रु र सवारी चालकहरु सास्ती बेर्होन बाधय भएका छन् ।
लालबन्दी नगरपालिका १ र हरिवन नगरपालिका ४ को सिमानामा रहेको लखनदेही खोला,हरिवनमा रहेको चापिनी खोलामा रहेका पुलहरु अहिले जिर्ण बनेका छन् । भने लोकमार्गको विचचिमा ठुला खाल्डा परेका कारण  मालबाहक तथा यात्रु बाहक सवारी साधन सहज रुपमा चलाउन समस्या हुने गरेको चालक रमेश घिमिरेले बताउनु भयो ।
लोकमार्गमा ठूला खाल्डा हुँदा समेत सरोकारवाला निकाय सडक डिभिजन कार्यालय चन्द्रनिगाहापुर रौतहट मौन देखिएको सवारी चालकहरुको आरोप छ । सर्लाही र महोतरीको सिमाना बाँकेखोला देखि सर्लाही र रौतहटको सिमाना बागमती खोला सम्मको 35 किलोमिटर क्षेत्रमा रहेका अधिकाश पुलहरु जिर्ण भएका छन् भने सडकको विच विचमा ठूल्ठूला खाल्डा परेका छन् । कतै ठूला खाल्डा परेका कारण उक्ता खाल्डाहरुमा सवारी दुर्घटना नहोस् भनेर ढुङ्गाले घेरेर राखिएको छ ।
पछिल्लो समयका अधिकांश दुर्घटना सवारी साधनहरुले खाल्डाखुल्डी छल्ने क्रममा भएका पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरिक्षक केदारमान दोङले बताउनु भयो ।
राजमार्गसँगै पुलहरु पनि गाडी गुडाउनै नमिल्ने अवस्थामा पुगेका उहाँको भनाई छ । पूर्व–पश्चिम लोकमार्ग निर्माण भएको लामोसमय भएको र त्यसपछि गतिलो तरिकाबाट मर्मत सम्भार नहुँदा सडक तथा पुलहरुमा खाल्डाखुल्डी भएका र त्यसैका कारण सवारी साधन अनियन्त्रित भएर दुर्घटना हुने गरेको लालबन्दी नगरपालिका ५ का वडा अध्यक्ष मोहन भण्डारीले बताउनु भयो ।
सडकको खाल्डाखुल्डीका कारण दुर्घटनासँगै टायर कट लाग्ने, पट्टा भाँचिने जस्ता समस्या बढेको रौतहट सर्लाही यातायात व्यावसायी संघका अध्यक्ष तथा यातायात व्यावसायी राज कुमार मैनालीले बताउनु भयो ।
कार्यालयलाई खाल्डाखुल्डी पर्दा पुर्ने जिम्मेवारी मात्रै रहेको र खाल्डाखुल्डी परेको स्थानहरुमा पटक–पटक पुर्दै आइरहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका निमित्त प्रमुख नरेशप्रसाद केशरीले  बताउनु भयो ।
उहाँले लोकमार्ग मर्मतका लागि विश्व बैंकमार्फत ठेक्का लागेको तर ठेकेदारले काम नगरेकाले सम्भावित दुर्घटनालाई मध्यनजर गरी कार्यालय आफैँले काम गर्दै आइरहेको बताउनु भयो । बागमती क्षेत्रमा धेरै नै खाल्डाखुल्डी परेकाले टालटुलको काम गर्दा इमोल्सनको अभाव भएको र अब तत्कालै त्यसको व्यवस्था गरी पानी पर्न रोकिएको मौका पारेर खाल्डो पुर्ने काम अघि बढाउने तयारी कार्यालयले गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech