सर्लाहीको लालबन्दी नगरपालिकामा वुधवार(आज)नेकपा (एकीकृत समाजवादी) पार्टीले नगर कमिटी कार्यालयको उद्घाटन गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवम प्रदेश २ सचिव लक्ष्मण पौडेलको प्रमुख आतिथ्यतामा नगर पार्टी कार्यालयको उद्घाटन गरिएको नेकमपा(एकिकृत समाजवादी)ले जानकारी दिएको छ ।
कार्यक्रममा पार्टीकी नेतृ एवम प्रदेश सभा सदस्य बेची लुंगेली, हरिपुर नगरपालिकाका नगरप्रमुख जमरुदिन मन्सुर, नेताहरु सुरेन्द्र लामा, प्रकाश पाख्रिन, गोबिन्द अधिकारी, राजन काफ्ले, चूडामणि वाग्ले, सन्त दास, पन्चलाल स्वाङबो, उद्धव पाठक लगायतको उपस्थिति रहेको थियो ।
एकिकृत समाजवादीले स्थानीय निकायमा पहिलो पटक लालबन्दीमा पार्टी कार्यालय उद्घघाटन गरेको हो । लालबन्दीमा एकिकृत समाजवादीको नगर सचिवमा राज तामाङ र कार्यालय सचिवमा प्रेमबहादुर थापालाई चयन गरिए पनि अन्य पदाधिकारी चयन हुन बाँकी रहेका नेता सुरेन्द्र लामाले जानकारी दिनु भयो । नेकपा(एमाले) पार्टी विघटन भई पुर्व प्रधानमन्त्री माधब कुमार नेपालको नेतृत्वमा नेकपा(एकिकृत समाजवादी) पार्टी गठन भएको हो ।