Close This

हरिपूर्वामा निर्माणधिन खानेपानी आयोजनालाई ४ कठ्ठा जग्गा प्राप्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-२१ गते   ८१ पटक हेरिएको

सर्लाहीको हरिपूर्वा नगरपालिका ६ का एक स्थानियबासीले हरिपूर्वा नगरपालिकालाई ४ कठ्ठा जग्गा दान गरेका छन् । हरिपुर्वा नगरपालिका ६ मा निर्माणाधिन अवस्थामा रहेको हरिपुर्वा खानेपानी आयोजनालाई सोही स्थानका भोला राय यादबले ४ कठ्ठा जग्गा दान गरेका हुन ।
हरिपुर्वा नगरपालिका ६ मा निर्माणाधिन अवस्थामा रहेको खानेपानी आयोजनाको कार्यालय व्यावस्थापनका लागि उनले जग्गा दान गरेका हरिपुर्वा नगरपालिका ६ का वडा अध्यक्ष दनेश रायले जानकारी दिनु भयो । यादवले आयोजनाको कार्यालय निर्माणका लागि स्वच्छाले जग्गा दान गरेपछि नगरबासीको सपना पुरा भएको हरिपुर्वा नगरपालिकाका नगर प्रमुख सिया राम रायले बताउनु भयो ।
खानेपानी आयोजनाको तर्फबाट करिब रु १५ करोडको लगानीमा हरिपूर्वा खानेपानी आयोजनाको निर्माण कार्य शुरु भएको छ सोही आयोजनालाई सहज रुपमा सम्पन्न गर्नका लागी सहज होस साथै कार्यालय स्थापना गरि हरिपुर्वा नगरपालिकाबासीलाई राहत पुगोस भनेर आफुले जग्गा दान गरेको यादवले बताउनु भयो । जग्गा प्राप्त भई सकेकाले आयोजनाको कार्यालय स्थापनाको लागि चाँडै नै शिलान्यास गरिने नगर प्रमुख रायले बताउनु भयो ।
जग्गा प्राप्त भएपछि हरिपूर्वा नगरपालिकाका नगर प्रमुख रायले जग्गा दातालाई दोसल्ला ओढाएर सम्मान समेत गर्नु भएको छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकाल, हरिपुर्वा ६ का वडाध्यक्ष राय लगायत जनप्रतिनिधिहरुका साथै स्थानियबासीको उल्लेख्य सहभागीता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech