Close This

नागरिकता सम्बन्धी समस्या चाँडौँ समाधान गर्नु आवश्यक छ : मन्त्री सिंह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-२३ गते   २२७५ पटक हेरिएको

नेपाली कांग्रेसका प्रभावशाली नेता एवम नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाण जनकपुरआउनु भएको ।९आज० सोमबार जनकपुरमा कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुन उहाँ जनकपुर आउनु भएको हो

नेता कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुनु भएका गृहमन्त्री खाणले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीको विभिन्न गतिविधिले देशको अन्य पार्टीलाई समेत प्रभाव पार्ने बताउनु भयो उहाँले काँग्रेसको महाधिवेशनले अन्य दललाई समेत प्रभाव पार्ने स्पष्ट पार्नु भयो

आम जनताको जीवन रक्षाका लागि नेपाल सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री खाणले अहिले रहेको सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली नागरिकको स्वतन्त्रता पूर्वक बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न सरकार प्रयत्नशील रहेको बताउनु भयो

न्यायपालिका, कार्यपालिका व्यवस्थापिका स्वतन्त्र रहेको स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै गृह मन्त्ती खाणले न्यायपालिकामा देखिएको समस्या छिटोभन्दा छिटो समाधान हुनुपर्ने सरकारको चाहना रहेको बताउनु भयो

नेपाली कांग्रेस धनुषाका उप सभापति सन्तोष कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश का महिला बालबालिका,युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले प्रदेश मा लामो समयदेखि जारी रहेको नागरिकता सम्बन्धी समस्या समाधान गर्न माग गर्नु भएको उहाँका स्वकीय सचिव निकेश त्रिवाठीले जानकारी  दिनु भयो ।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले प्रदेश का जनतालाई प्रदेश सरकार भनने आभास दिलाउन नागरिकता समस्या समाधान गर्नु आवश्यक रहेको बताउनु भयो

कार्यक्रममा नेपाली कागेसका केन्द्रिय सदस्य आनन्द ढुङ्गाना ,महिन्द्र राय ,फर्मुला मनसुर,प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री राम सरोज राय , महिला बालबालिका युवा तथा खेलकुद मन्त्री सिंह लगायत आठै जिल्लाका नेपाली काग्रेसका जिल्ला सभापतिहरुको उपस्थिती रहेको थियो

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech