हरिवन नगरपालिका ८ का १८ घर दलित परिवारलाई न्यानो कपडा वितरण

2.9k Shares

सर्लाहीको हरिवन नगरपालिका ८, मा शुक्रवार १८ घर दलित परिवारलाई न्यानो कपडा वितरण गरेको छ । समाजसेवी एवम नेपाली कांग्रेसका नेता युवा पुष्पराज कोइरालाको सहयोगमा वडाका १८ घर दलित समुदायलाई न्यानो कपडा वितरण गरिएको नेपाली कांग्रेस हरिवनले जनाएको छ ।
हरिवन नगरपालिका–८, स्थित पुरानो बजारका दलित परिवारलाई जाडोमा समस्या नहोस भन्नका लागि न्यानो कपडा वितरण गरिएको  कांग्रेसका युवा नेता डोर प्रसाद भट्टराइले जानकारी दिनु भयो ।
स्थानीय वुद्धिजिवी तथा समाजसेवी एवम कांग्रेसका नेताहरु चूडा पौडेल, डोर प्रसाद भट्टराई, सुमन सिन्दाली, अनिल कर्ण, धनराज बुढाथोकी (रामहरि), रन्जन सिन्दाली, विनोद महत, राजिव मास्के, सुशील थपलिया, मोहन भट्टराई, युगल सुवेदी लगायतको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको कांग्रेसका नेता चूडा पौडेलले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार