Close This

अलपत्र आफ्ना नागरीक लिन उपाध्यक्ष तामाङ बस सहीत काठमान्डौंमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१० गते   ४७६ पटक हेरिएको

सिन्धुलीको तीनपाटन गाउपालिकाकी उपाध्यक्ष पदममाया तामाङ पालिकावासी आफ्ना जनता लिन काठमान्डौं पुग्नु भएको छ । काठमान्डौं बसेर लक डाऊनका कारण अलपत्र परी समस्यामा परेका आफ्ना जनता लिन  उपाध्यक्ष काठमान्डौं पुग्नु भएको हो ।मजदुरी गरी खाने पालिकावासी जनता कोहिपनि घर आउन नपाएर समस्यामा नपरून् भनेर आफु वडा नं १ बेलघारीका वडाअध्यक्ष गोबिन्द राउतको साथमा काठमान्डौं हिडेको तमांगले जानकारीदिनु  भयो । काठमान्डौंका विभिन्न स्थानमा रहेका तीनपाटन जान बसेका ब्यक्तिहरू गाडीमा चढाऊदै काठमान्डौंबाट फिर्कने तामाङले बताउनुभयो।
काठमान्डौंबाट ३ वटा बस तयार गरिएको वडा नम्बर १ का वडाअध्यक्ष गोबिन्द राउतले जानकारी दिनुभयो। पालिका वासीको संख्या हेरेर थप २ वटा बस  मगाऊने तयारी रहेको समेत राऊतले बताउनु भयो । आफ्ना पालिका वासी जनता ल्याऊन तीनपाटन गाउपालिकाले विगत केही दिनदेखि प्रबन्ध मिलाएकोले काठमान्डौंबाट हिडेका ५वटा बस तिनपाटन गाउँपालिका प्रवेशगरेको उपाअध्यक्ष तामाङले बताउनु भयो ।तीनपाटन गापाले विगत केही दिन देखि ५वटा बसमा अलपत्र परेका आफ्ना जनता ल्याउने काम गरि रहेको छ  ।
जडिबुटी,सानोठिमी,जगाति ,साँगा र बनेपामा जम्मा भएर रहेका ब्यक्तिहरूको ब्यवस्थापनमा उपाध्यक्ष आफैं बसमा रहेकाले केहि समस्या परे जानकारी गराऊन र सम्पर्क गर्न वडा नं. १ का वडाअध्यक्ष राउतले जानकारी दिनुभयो। आवश्यक सहयोग र समन्वय गर्न वडा नं१का वडाअध्यक्ष राऊत  उपाध्यक्ष तामाङसँगै रहेको उपालिकाले जनाएको छ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech