Close This

खानेपानी संस्था लालबन्दीको निर्वाचन तयारी छलफल सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-७ गते   ७१ पटक हेरिएको

खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लालबन्दीले महत्वपुर्ण निर्णयहरु गरेको छ । संस्थाका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षतामा बसेको सर्वदलीय ,सर्वपक्षीय बैठकले बिधान बमोजिम निर्वाचन सम्पन्न गर्न अपनाउनु पर्ने सबै नीति नीयम पालना गर्ने निर्णय पारित गरेको छ ।
त्यसैगरी महिला आरक्षण ४०% सुनिस्चित गरि सचिव पदमा महिला अनिवार्य गर्ने,निर्वाचन तालिका अनुसार २०७८ माघ ८ मा निर्वाचन सम्पन्न गर्ने, वडाबाट वडा समिती, साधारण सभाका प्रतिनिधि र एक कार्यकारी समितिको सदस्य निर्वाचन गर्ने,निर्वाचनका क्रममा वडा नम्बर ४,६,७,१२ र १३ बाट अनिवार्य महिला सदस्य कार्यकारी समितिमा पठाउर्ने,असोज मसान्त सम्मको पानी महशुल र आवाश्यक शुल्कहरु भुक्तानी गरेका उपभोक्ता मात्रै निर्वाचन प्रक्रियामा सहभागी हुन पाँउने लगायतका निर्णयहरु गरेको संस्थाकासुचना अधिकारी ठाकुर प्रसाद बख्रेल(मनोज)ले जानकारी दिनु भयो ।
उहाँकाअनुसार २०७८ मसान्तसम्म मा असोज मसान्त सम्मको सम्पुर्ण शुल्क र बक्यौता भुक्तानी गरिसक्नु पर्ने,नियमित वडा भेला मंसिर २० सम्ममा सम्पन्न गरिसक्नु पर्ने,पौष १५ बाट वडा अधिवेशन कार्यक्रम गर्ने र एकै दिन वडाको अधिबेशन सम्पन्न गर्ने,वडाबाट प्रतिनिधि , वडा कार्यसमिति र कार्यकारी समिती चयन भैसके पश्चात् मुल कार्यकारी समितिको माघ ८ गते अध्यक्ष ,उपाध्यक्ष ,सचीव र कोषाध्यक्ष पदको निर्वाचन वडामा बुथ राखी वा सर्वदलीय ,सर्वपक्षीय सहमतिका आधारमा गर्ने संस्थाले निर्णय गरेको छ ।
त्यसैगरी निर्वाचन समितिलाइ आउने बैठकमा निर्वाचन आचारसंहितामा छलफल गर्ने प्रतिबेदन ल्याउन अख्तियारी दिने,नाम अध्यावधिक गर्नका लागि तदारुकता अपनाउने,निर्वाचन प्रयोजनका लागि आवाश्यक सम्पुर्ण सामाग्री र जनशक्तिको ब्यबस्थापन गर्ने,पौष १४ सम्ममा अन्तिम मतदाता नामावली प्रकाशन गरि नगरपालिका तथा वडा कार्यलय र सार्वजनिक स्थानमा टास गर्ने र बिधानमा भएका बाधा अड्चनलाई निर्वाचन समितिले दिएको प्रतिबेदनका आधारमा ब्यबस्थापन गर्ने लगायतका निर्णयहरु संस्थाले गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech