नेकपा (माओवादी केन्द्र)बागमती नगर कमिटिको प्रथम नगर सम्मेलन मंसिर १८ गते हुने भएको छ । राष्ट्रिय सम्मेलनलाई लक्षीत गरि माओवादी केन्द्रले देशभरका स्थानिय निकायहरुको सम्मेलन गरि रहेको समयमा बागमती नगर कमिटिको सम्मेलन मंसिर १८ गते शनिबार बागमती नगरपालिका ४ को जिरायतमा हुने भएको हो ।
प्रथम नगर कमिटिको सम्मेलनको उद्धघाटन गर्न माओवादी केन्द्रका बरिस्ठ नेता तथा पुर्व उपप्रधान एवम परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ आउने भएका छन् । प्रमुख अतिथि श्रैष्ठको समयानुकलु बनाएर बागमती नगर कमिटिलेमंसिर १ड गते शनिबार आफ्नो प्रथम ऐतिहासिक नगर सम्मेलन मंसिर १८ गते गर्ने भएको नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक कमल बुढाथोकीले जानकारी दिनु भयो ।
बागमती नगरपालिका ४ जिरायतमा हुने ऐतिहाँसिक नगर सम्मेलनमा सहभागी हुन पार्टीका नेता तथा कर्यकर्ताहरुलाई बागमती नगर कमिटिले आग्रह गरेको छ । वडादेखि गाउँ,नगर हुँदै जिल्लाबाट केन्द्रीय सम्मेलनको तयारी थालेको माओवादी केन्द्रले देशभरका अधिकांश स्थानिय निकायहरुको सम्मेलन सम्पन्न गरिसकेको छ ।