नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) सर्लाहीको अध्यक्षमा फेरी घनश्याम बलम्पाकी चयन भएका छन् । आज(शनिबार) हरिवनमा सम्पन्न जिल्ला भेलाले दोस्रो पटक पनि बलम्पाकीको अध्यक्षतामा फोनिजको १३ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो ।
समितिको उपाअध्यक्षमा रिना आले,सचिवमा साङ बहादुर लो (राजु),सह सचिवमा संगिना मोक्तान, र कोषअध्यक्षमा सुविना श्रेष्ठ लगायत अन्य सदस्यहरु चयन भएका नव निर्वाचित अध्यक्ष बलम्पाकीले जानकारी दिनु भयो ।
फोनिज प्रदेश २ का अध्यक्ष प्रमेश बादेको प्रमुख आतिथ्यतामा आयोजित जिल्ला भेलाले राष्ट्रिय भेलाका लागि अध्यक्ष बलम्पाकी र सहसचिव मोक्तानलाई प्रतिनिधिमा चयन गरेको छ ।