नेकपा(माओवादी केन्द्र) प्रदेश २ को प्रथम अधिवेशनकोबन्द सत्र भोली(शनिबार) लालबन्दीमा हुने भएको छ । यहि मंसिर २५ गते देशैभरका सबै प्रदेशहरुमा एकैसाथ शुरु भएको प्रदेश अधिवेशनको बन्द सत्र भोली(शनिबार) सर्लाहीको लालबन्दी नगरपालिका ७ मा रहेको लालबन्दी पार्टी प्यालेसमा हुने नेकपा(माओवादी केन्द्र) प्रदेश २ ले जनाएको छ ।
माओवादी केन्द्र प्रदेश २ ले आज(शुक्रबार) लालबन्दीमा पत्रकार सम्मेलन आयोजना गरी भोली(शनिबार) प्रथम प्रदेश अधिवेशनको बन्दसत्र गर्न लागेको जनाएको छ । शनिवार लालबन्दीमा हुने बन्दसत्रले नौ पदाधिकारीसहित २ सय ७१ सदस्यीय प्रदेश कमिटी र करिव १ सय २० जना केन्द्रीय सम्मेलन प्रतिनिधि चयन गर्ने माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष प्रल्हाद बुढाथोकीले जानकारी दिनु भयो ।
माओवादी केन्द्रले प्रदेशका केही स्थानिय निकायहरुमा अझै नेतृत्व टुङ्ग्याउन सकेको छैन् । प्रदेश अध्यक्ष बुढाथोकीका अनुसार शुक्रवार(आज) सम्म सबै स्थानिय निकायहरुमा नेतृत्व चयनसहित प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन भइसक्ने छन् ।
शनिवार हुने बन्दसत्रबाट सकेसम्म सहमतीमै प्रदेश कमिटी चयन गर्ने प्रयास भइरहेको माओवादी केन्द्र प्रदेश २ का संयोजक गणेश साहले जानकारी दिनु भयो । उहाँका अनुसार सहमतीमै प्रदेश कमिटी चयन गर्न नेताहरुबीच शुक्रवार (आज) बिहानैदेखि लालबन्दीमा छलफल चलिरहेको छ । माओवादी केन्द्रको प्रदेश नेतृत्वका लागि अहिलेसम्म उम्मेदवारहरु कोको छन् भन्ने खुलेको छैन ।
माओवादी केन्द्र प्रदेश २ इन्चार्ज साहले अन्तिम समयसम्म पनि सहमतीबाटै नेतृत्व चयन गर्ने प्रयास हुने बताउनु भयो । सहमतीमै प्रदेश कमिटी चयन गर्न नेताहरुबीच शुक्रवार(आज) बिहानैदेखि लालबन्दीमा छलफल चलिरहेको छ । शनिवार हुने प्रदेश २ को प्रदेश अधिवेशनको बन्द सत्रकालाई लक्षित गरी माओवादी केन्द्रले लालबन्दी बजारमा स्वागतद्धार निर्माणसँगै बजारैभरी पार्टीको झण्डाले सजाएको छ । माओवादी केन्द्रको राष्ट्रिय अधिवेशन यही पुस ११, १२ र १३ गते काठमाण्डौंमा गर्ने तय भएको छ । केन्द्रीय महाधिवेशन अघि नै वडा,गाउँ,नगर जिल्ला तथा प्रदेशको अधिवेशन सकाउनु पर्ने भएकाले नेताहरु अधिवेशनमा व्यस्त रहेका छन् ।
आज भएको पत्रकार सम्मेलनमा माओवादी केन्द्र प्रदेश २ का प्रदेश इन्चार्ज साह,सविच श्रवण बरबरिया,प्रदेश अध्यक्ष बुढाथोकी,प्रदेश कमिटि सदस्य सावित्री बुढाथोकी, विश्वजीत डिसी,सर्लाही जिल्ला सह इन्चार्ज लुमडी धिताल(लोचन),रामपृत राय,लालबन्दी नगर कमिटिका अध्यक्ष लेखराम जर्घा मगर,सचिव राजन कुमार श्रेष्ठ र योङेग कम्युनिष्ट पार्टी नेपाल(वाईसिइल) नेपाल प्रदेश २ का संयोजक सन्देश श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।