नेपाली कांग्रेस सर्लाहीमा १५ औँ महाविधेशनको राप देखिएको छ ।नेताहरु वडा अधिवेशन सकेर पालिका अधिवेशनमा केन्द्रित भएका छन्।सर्लाहीमा क्षेत्र नं. २ बाहेक अन्य तीनवटा निर्वाचन क्षेत्रमा सौहार्दपूर्ण किसिमले वडा अधिवेशन सम्पन्न गरी बुधबारबाट पालिका अधिवेशन सुरु गरिएको हो।जस अनुसार सर्लाहीको बागमती नगरपालिकामा सर्वसहमत पालिका अधिवेशन सकिएको छ ।
बुधबार सम्पन्न भएको नेपाली कांग्रेस बागमती नगर समितिको सभापतिमा सुरज सुवेदी सर्वसहमत चयन भएका हुन्।असोज १६ देखि १९ काठमाण्डौँमा हुने १५ औँ केन्द्रीय महाधिवेशनका लागि सबै भन्दा तल्लो तह वडादेखि सुरु भएको अधिवेशन अन्र्तगत बुधबार र बिहीबार पालिकाहरुको अधिवेशन तोकिएकोमा बुधबार भएको नेपाली कांग्रेस बागमती नगर समितिको अधिवेशनबाट सुवेदीको सभापतित्वमा उप सभापतिमा अमृत कुमार कुशवाहा र उप सभापति महिलामा सावित्रा भण्डारी,सचिवमा शिव पुलामी र सह सचिवमा टंक नाथ पाण्डे सर्वसहमत चयन भएका निवर्तमान कार्य वाहक सभापति अर्जुन नन्द थापाले जानकारी दिए ।
उनका अनुसार पदाधिकारीहरु मध्य कोषाध्यक्ष सभापतिले मनोनित गर्ने व्यवस्था रहेको छ ।१२ वटा वडा रहेको बागमतीका प्रत्येक वडाबाट दुई जनाका दरले २४ जनाका साथै जेनजी÷दलित÷महिला÷खुल्ला÷जनजाति गरि ३४ सदस्य चयन गरिएको र पछि सभापतिले नौ जना सदस्य मनोनित गर्ने छन् ।
त्यसैगरी,नेपाली कांग्रेस हरिवन नगर अधिवेशनले सभापतिमा अशोक थापा,उप समापचिमा अर्जुन योञ्जन र सचिवमा तिलक खड्कालाई सर्वसहमत चयन गरेको भएपनि बाँकी रहेका पदाधिकारी र सदस्यहरुको सवालमा छलफल भई रहेको नेपाली कांग्रेस हरिवनले जनाएको छ ।
चार वटा निर्वाचन क्षेत्र रहेको क्षेत्र नं. १,३ र ४ मा पालिका अधिवेशन धमाधम चलि रहेको नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले बताए।उनका अनुसार केही पािलकाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन भई सकेको छ भने केही पािलकाहरुमा सहमतीको छलफल जारी रहेको छ ।
गाउँपालिका तथा नगरपालिकामा कार्य समिति चयनका लागि बुधबार उद्घाटन सत्र सकेर दिनभर सहमतिको प्रयास गरिएको र सहमति हुन नसके बिहीबार पनि पहिलो चरणमा छलफल हुने र छलफलबाट सहमती नभए मतदान मार्फत नेतृत्व चयन गरिने जिल्ला सचिव कार्कीले बताए ।
गाउँ अधिवेशनबाट बसबरियामा लालबाबु महतो र चन्द्रनगरमा श्याम सिंह सभापति चयन भएका छन्।बारम्बार छलफल गर्दा पनि सहमति हुन नसकेपछि लालबन्दी लगायतका केही पाकिलाहरुमा मतदान नै गर्ने निर्णय भएको छ।मतदानमा वडाबाट छानिएर आएका क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्न पाउने छन् ।
क्षेत्र नं. २ का छैन् अधिवेशनको चहलपहल
क्रियाशील सदस्यता विवादका कारण सर्लाहीको क्षेत्र नं. २ मा भने वडा अधिवेशन नै भएको छैन्।क्षेत्र नं. २ को विवाद समाधानका लागि केन्द्रबाटै आएको टोलीसँग जनकपुरमा बारम्बार छलफल भइरहेको कांग्रेस सर्लाहीका सभापति डा.सरोज कुमार राय यादवले बताए।उनका अनुसार क्षेत्र नं. २ मा क्रियाशील सदस्यताको विषयलाई लिएर पूर्व जिल्ला सभापति नागेन्द्र कुमार राय यादव र लक्ष्मण राय यादव पक्षबिच विवाद हुँदा वडा अधिवेशन समेत हुन सकेन ।क्षेत्र नं. २ लाई महाधिवेशनबाट बञ्चित गर्ने प्रयास भए पनि त्यो सफल हुन नदिने क्षेत्रीय सभापति कौशल किशोर रायले बताए।तत्कालै वडा,पालिका र क्षेत्रको अधिवेशन गराउन सहमतिको प्रयास भइरहेको उनले बताए ।