चोरी भएको मोटरसाईकल फेला पारी सम्बन्धी मो.सा.धनीलाई बुझायो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-११ गते   ४६२ पटक हेरिएको

सर्लाहीको ईलाका प्रहरी कार्यालय हरिवनले चोरी भएको एक मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । गत पुस २१ गते ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुपेन्द्र गिरी नेतृत्वको टोलीले वेसारिसे अवस्थामा फेला पारेको मोटरसाईकलको धनी खोजतलास गर्ने क्रममा फेला पारी सम्बन्धी धनीलाई बुझाएको हो ।
प्रहरी निरीक्षक गिरी नेतृत्वको टोलीले हरिवन नगरपालिका ८ चापिनी स्थित भित्री सडकमा बेबारिसे अबस्थामा फेला परेको प्र.२–०३–०१० प. ८७३७ नम्बरको मोटरसाईकल सगरमाथा ईन्स्योरेन्स कम्पनि हरिवन शाखा प्रमुखलाई हस्तान्तरण गरिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक गिरीले जानकारी दिनु भयो ।
बाग्मती प्र.०२–०२५प.४५६६ नम्बर भएको र चोरी गरेपछि नम्बर फेरेर प्र.२–०३–०१० प. ८७३७ नम्बर राखी चलाएको अवस्थामा प्रहरीले मोटरसाईकल फेला पारेको हो । हरिवन नगरपालिका ११ का वडाध्यक्ष शेष महबुब रेजाको रोहबरमा मोटरसाईकल हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । यसैबीच ईलाका प्रहरी कार्यालय हरिवनले यसअघि पनि विभिन्न मितिमा चोरी भई फेला पारिएका ७ वटा मोटरसाईकल सम्बन्धित धनीहरुलाई फिर्ता गरि दिएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech