नेकपा(माओवादी केन्द्र) हरिवनमा विभिन्न पार्टी परित्याग गरी ५६ जना प्रवेश गरेका छन् । माओवादी केन्द्र हरिवन नगर कमिटिकाे आयाेजनामा हरिवन नगरपालिका ११ मा भएको पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टी नगर कमिटिका ३१ जना सहित अन्य गरि ५६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्तकाे अध्यक्षतामा भएको कार्यक्रममा जनमत पार्टी हरिवन नगर कमिटिका सबै ३१ जना सहित अन्य विभिन्न पार्टी परित्याग गरि ५६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हरिवन नगर कमिटि सचिव गाैरी शंकर महताेले जानकारी दिनुभयाे ।
कार्यक्रममा हरिवन नगर कमिटि उपाअध्यक्ष,जिल्ला समन्वय समिति सर्लाहीकी उप सभापति जमुना पाैडेल,नगर कमिटि उपाध्यक्ष जयमान पाख्रिङ,अखिल(क्रान्तिकारी ) का केन्द्रीय सदस्य साथै पार्टी नगर सह सचिव विवेक मैनाली,काेषा अध्यक्ष जगदेव महताे,प्रेस सेन्टर नेपाल मधेश प्रदेश सचिव भक्ती रिजाल,याेङ्ग कम्युनिस्ट लिग नेपाल( वाईसियल) नेपाल हरिवन नगर कमिटि अध्यक्ष राज लामा,सचिव शेष ईस्तिहार,प्रेस सेन्टर नेपाल सर्लाहीका सचिव रितिक अधिकारी लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
जनमत पार्टी हरिवन नगर कमिटि अध्यक्ष रामेश्वर चाैधरीकाे नेतृत्वमा ३१ सदस्य नगर कमिटि र अन्य पार्टीका गरि ५६ जना माओवादी केन्द्रमा प्रवेश गरेका नगर सचिव महताेले जानकारी दिनुभयाे । नव प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई हैसियत अनुसारकाे व्यवस्थापन गर्ने नगर सह सचिव मैनालीले बताउनुभयाे । उहाँले हरिवन नगरका सबै ११ वटै वडाहरु माओवादी केन्द्रले जित्ने दाबी गर्नुभयाे । कार्यक्रमलाई सम्बाेधन गर्दै नवप्रवेशी नेता रामेश्वर चाैधरीले नेपालमा माओवादी केन्द्र बाहेक अरु असल पार्टी नदेखेका कारण आफू माओवादी केन्द्रमै प्रवेश गरेकाे बताउनु भयाे । उहाँले कसैको दवाव प्रभावमा माओवादी केन्द्रमा प्रवेश नगरेकाे र हरिवनका दलाल भ्रष्ट र घुसखाेरीका विरुद्ध सधैं लागि रहने बताउनु भयाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नगर कमिटि अध्यक्ष पन्तले माओवादी केन्द्र नागरिकको पार्टीरहेकाे बताउनु भयाे । उहाँले अरु पार्टीको जस्ताे दाेभासे शैली माओवादी केन्द्रमा नरहेकाे बताउनु भयाे । अरु पार्टीले समावेशीयता विपरित,जनभावन विपरित काम गरेकाे भन्दै त्यसकाे प्रतिकारकाे लागि राेडमा उत्रन पनि आफुहरु तयार रहेकाे नगर कमिटि अध्यक्ष पन्तले बताउनु भयाे । हरिवन नगरपालिका ११ काे सुकुम्बासी टाेलका बासिन्दालाई माओवादी केन्द्रकाे नेतृत्वमा जग्गाकाे मालिक बनाउन पहल गर्ने नगर कमिटि अध्यक्ष पन्तले बताउनु भयाे ।कार्यक्रममा करिब एक सयजनाकाे उपस्थिति रहेकाे थियाे ।