बागमती र कौडेनामा वार्षिक नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्न सुरु

272 Shares

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सर्लाहीका स्थानीय तहहरुले धमाधम आ–आफ्नो गाउँ तथा नगरसभामा वार्षिक नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्न सुरु गरेका छन्।स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पालिकाहरुले असार १० गतेभित्र गाउँ तथा नगरसभामा वार्षिक नीति,कार्यक्रम र बजेट प्रस्तुत गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था अनुसार सर्लाहीका स्थानीय तहहरुले आ आफ्नो वार्षिक नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्न सुरु गरेका हुन ।

cg.webp
सोही व्यवस्था बमोजिम देशभरमै सबैभन्दा बढी ११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा स्थानीय तह रहेको सर्लाहीमा सबैजसो पालिकाहरु वार्षिक नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्न तयारीमा जुटेका छन् ।कौडेना गाउँपालिका र बागमती नगरपालिकाले गाउँ तथा नगर सभा गरेर वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिसकेका छन्।बागमती नगरपालिकामा वार्षिक नीति, कार्यक्रम तथा बजेट प्राथमिकीकरण प्रस्तुत गरिएको छ।बागमती नगरपालिकाका कार्यवाहक नगरप्रमुख एवम बागमती नगरपालिका ४ का वडाध्यक्ष कृष्ण कुमार लामाले वार्षिक नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेका कार्यवाहक नगर प्रमुख लामाले बताए ।
त्यसैगरी,कौडेना गाउँपालिकामा गाउँसभाको १४ औँ अधिवेशनमा अध्यक्ष रुपेश कुमार यादव(बब्लु) ले रु ३८ करोड ८१ लाख बराबरको वार्षिक नीति,कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।जिल्लाको अन्य पालिकाका जनप्रतिनिधि र कर्मचारी अहिले वार्षिक नीति,कार्यक्रम र बजेट बनाउने काममै ब्यस्त रहेका छन्।यो समयमा पालिकाहरुलाई चालू आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न भएका कार्यक्रम तथा योजनाको भुक्तानी गर्ने चटारो रहेको छ ।

सम्बन्धित समाचार