लालबन्दी १५ परवानिपुरमा करेन्ट लागेर १ जनाकाे ज्यान गयाे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-८ गते   २८९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १५ परवानीपुर स्थित सतभैयामा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । मंगलबार बिहान लालबन्दी नगरपालिका १५ परवानीपुर सतभैयामा करेन्ट लागेर अन्दाजी ४५ वर्षीय तुलबहादुर पुलामीको ज्यान गएकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार
 मंगलबार बिहान करिब ११ बजे घर छेउकै निर्माणाधीन मन्दिरमा ढलान गर्ने क्रममा पुलामीलाई करेन्ट लागेको हाे ।
फलामको काम गरिरहेका बेला अचानक नांगो तारमा फलामले छुँदा उनलाई करेन्ट लागेको र घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
पुलामीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल  मलंगवा पठाईएका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभयाे । उहाका अनुसार करेन्ट लागेर अर्का एक जना सामान्य घाइते भएका छन्। उनलाई प्राथमिक उपचार पश्चात घर पठाईएकाे प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech