Close This

३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४ हजार ,ज्यान गुमाउनेको सङ्ख्या १५

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२७ गते   ३७२ पटक हेरिएको

मंगलबार थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार थप ३२३ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । कोरोना पुष्टि भएकोमा ९२ जना पुरुष र ३१ महिला रहेको छन् ।योसंगै नेपालमा कोरोना भाइरसबाट संक्रमिको संख्या ४ हजार ८५ पुगेको छ ।
भने नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ ।चितवनको भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका ११ का पुरुषको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

ज्यान गुमाएका पुरुषमा ज्वरो, निमोनिया र सुगर रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech