मछिन्द्र फुटबल क्लबसंग सुदुरपश्ची ११ स्पोर्ट क्लब ३–१ गोल अन्तरले पराजीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-११ गते   २८६३ पटक हेरिएको

सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) को दोस्रो सेमिफाईनल खेलमा मछिन्द्र फुटबल क्लबसंग सुदुरपश्ची ११ स्पोर्ट क्लब ३–१ गोल अन्तरले पराजीत भएको छ । 
दोस्रो सेमिफाइनल खेलमा लिग च्याम्पीयन मछिन्द्र फुटबल क्लबसंग सुदुरपश्ची ११ स्पोर्ट क्लब ३–१ गोल अन्तरले पराजीत भएको हो । यससंगै मछिन्द्र फुटबल क्लबले फाइनलको यात्रा तय गरेको आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिनु भयो । उहाँका अनुसार अब चैत १३ गते आईतबार लिग च्याम्पीयन मछिन्द्र फुटबल क्लब र पाँचौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको विजेता पिप्ले युवा क्लब हेटौँडा विच खेल हुने छ ।
बागमती नगरपालिका १२ स्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा चैत्र २ गतेबाट सुरु भएको प्रतियोगीतामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत गरि १२ वटा टिमले सहभागिता जनाएका आयोजक क्लबका महासचिव सागर मैनालीले जानकारी दिनु भयो । 
प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, नेपाल आईस हिमालयन शेर्पा क्लब, न्यूरोड टिम (एनआरटी) काठमाडौं, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ स्पोर्ट क्लब धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक,बागमती युवा क्लब र विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुनले भाग लिएका छन् । 
 मधेश प्रदेश कै सर्वाधिक धनराशिको प्रतियोगिताको  बिजेताले रु १० लाख १ हजार र उपबिजेताले रु ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद रु २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद रु १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने आयोजकले जनाएको छ । चैत २ गतेबाट शुरु भएको  प्रतियोगिताको फाईनल खेल चैत १३ गते आईतबार सम्पन्न हुनेछ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech