माघे सक्रान्तीमा खाइने तरुल,चाकु र तिलको लड्डुुको महत्व

343 Shares

नेपालका विभिन्न संस्कृतिहरूले आफ्ना परम्परागत चाडपर्वहरूलाई विशेष र अनौठो तरिकाले मनाउँदै आएका छन्।ती चाडपर्वहरूले नेपाली समाजलाई सांस्कृतिक रूपमा समृद्ध मात्र नबनाई मानिसहरूलाई आफ्नो पहिचान,परम्परा र सामूहिकतासँग पनि जोड्ने काम गर्दछन् ।नेपालीहरुका हरेक महान चाडहरु मध्य माघेसक्रान्ती नेपाल भर मनाइने एक चाड हो ।जसमा विशेष रूपमा तरुल,चाकु, तिलका लड्डु,घिउ र माछाको विशेष महत्व छ। माघ १ गते मनाईने “माघे संक्रान्ति”वा “माघी”भनेर पनि चिनिन्छ।
माघे सक्रान्ती नेपाली समाजको धार्मिक,सांस्कृतिक र स्वास्थ्य चेतनाको अनुपम रहेको जानकारहरु बताउँछन्।यस पर्वले परम्परागत खाद्य संस्कृति मात्र संरक्षण गर्दै मानिसहरूलाई आफ्नो जरा र पहिचानसँग जोड्ने काम गर्छ। तरुल,चाकु र तिलका लड्डुजस्ता परिकारहरू माघे सक्रान्ती पर्वका मात्र नभई तिनको भौतिक,सांस्कृतिक र अध्यात्मिक पक्षले नेपाली जीवनशैलीमा गहिरो प्रभाव पारेको जानकारहरु बताउँछन् ।
तरुलको महत्व
माघे सक्रान्तीमा उखु,मकै,भटमास,अदुवा र घिउसँगै तरुल खाने परम्परा छ।तरुल एक प्रकारको कन्दमूल हो, जसलाई माघे सक्रान्तीको धार्मिक र सांस्कृतिक पक्षसँग तरुललाई जोडिएको छ।विशेषगरी,“पुसको पाक्य माघको खाक्य”भन्दै तरुललाई माघे सक्रान्तीको अघिल्लो दिन उसिनेर रातभरी राखेर माघे सक्रान्तीको दिन तरुललाई फलारको रुपमा प्रयोग गरिन्छ ।धार्मिक दृष्टिकोणले तरुललाई पवित्र पलको रुपमा मानिन्छ।यसलाई खाँदा मानव शरीरमा नकारात्मक उर्जाको नाश भई सकारात्मक उर्जा सञ्चार हुने धार्मिक विश्वास रहेको छ।आयुर्वेदमा तरुललाई पोषण र पाचन प्रणाली सुधार गर्ने खाद्य पदार्थका रूपमा वर्णन गरिएको छ। यसले शरीरलाई तातो राख्न मद्दत गर्छ,जसले जाडो महिनामा प्रतिरक्षा प्रणाली बलियो बनाउँछ।
चाकुको महत्व
माघे सक्रान्तीमा अनिवार्य रूपमा मिठाइको रुपमा खाईने चाकुको आफ्नै विशेष्ता रहेको छ । चाकु खाँदा जाडो महिनामा शरीरलाई तातो प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छ।चाकु खासगरी भेल,चिनी र घिउ मिसाएर बनाइन्छ।चाकुलाई भरपूर मात्रामा ऊर्जा दिने खाद्य वस्तुको रुपमा लिईन्छ भने माघ महिनाको कठोर चिसो मौसममा शरीरलाई सशक्त बनाउन चाकुले मद्दत पु¥याउँने विश्वास रहेको छ।धार्मिक रूपमा हेर्दा चाकुलाई समृद्धिको प्रतीक मानिन्छ।यसलाई खाँदा शरीर बलियो मात्र होइन,आत्मा पनि शुद्ध हुने विश्वास छ।चाकु खाने परम्परालाई मेहनत र ऊर्जा दर्साउने चिजका रूपमा समेत लिने गरिएको छ।
तिलका लड्डुुको महत्व
तिलका लड्नुु पनि माघे सक्रान्तीको प्रमुख विशेषता हो।तिल र तिलको तेल परम्परागत रूपमा शुद्धता र पवित्रताको प्रतीक मानिन्छ।तिलबाट बनेका लड्डुु खाँदा शरीरमा तातो उर्जा सञ्चार हुन्छ र यो पौष्टिकताले भरिपूर्ण मानिन्छ।तिलले हड्डी बलियो बनाउन,पाचन सुधार गर्न र शरीरलाई रोग प्रतिरोधी बनाउन सघाउ पु¥याउँछ।धार्मिक विश्वास अनुसार,तिलको प्रयोग गर्दा पुण्य प्राप्ति हुन्छ।तिलको तेल र तिलको लड्डुुलाई माघे सक्रान्तीको विशेष प्रसादका रूपमा खाने तथा प्रयोग गर्ने गरिन्छ। यसलाई दान गर्दा थप धार्मिक महत्व जोडिने विश्वास गरिन्छ।
माघे सक्रान्तीको धार्मिक र सांस्कृतिक मान्यता
माघे सक्रान्तीलाई “धर्मले जित्छ”र“पापको नाश हुन्छ”भन्ने विश्वासका साथ मनाइन्छ।यो दिन गङ्गा,त्रिशूली,कालीगण्डकी,कमला र राप्ती नदीजस्ता पवित्र नदीमा स्नान गरेर आफ्नो जीवनलाई शुद्ध बनाउने प्रचलन रहेको छ।स्नानपछि चाकु,तरुल,तिलका लड्डु लगायतका परिकार खाने परम्परा छ।सामाजिक रूपमा माघे सक्रान्ती मेलमिलाप र सह अस्तित्वको चाड हो।यो पर्वले परिवार र समुदायलाई एकताको सूत्रमा बाँध्ने गर्छ।विभिन्न जातजातिले यो पर्वलाई आ–आफ्नो सांस्कृतिक पद्धति अनुसार मनाउँछन्।थारू समुदायमा माघे सक्रान्तीलाई नयाँ वर्षको रूपमा मनाइन्छ भने मगर र अन्य जातीय समुदायमा यसलाई विशेष चाडका रूपमा सम्मान साथ मनाईन्छ ।
स्वास्थ्य र पोषणको दृष्टिकोण
तरुल,चाकु र तिलका लड्डुका परिकारहरूले शरीरलाई मात्र फाइदा पु¥याउँनुका साथै यसको स्वास्थ्य सम्बन्धी महत्व पनि गहिरो छ।जाडो महिनामा शरीरलाई तातो राख्ने,ऊर्जा दिने र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने यी परिकारहरू दैनिक भोजनमा पनि उपयोगी मानिन्छन्। तिल र चाकुले चिल्लो पदार्थको अभाव पूर्ति गर्छ भने तरुलले आवश्यक क्यालोरी प्रदान गर्ने चिकित्सकहरुको भनाईछ ।
तरुल,चाकु र तिलका लड्डुुका परम्परागत महत्वलाई आधुनिक जीवनशैलीमा पनि जोगाउँदै माघे सक्रान्ती जस्तो पर्वलाई अझै भव्य र अर्थपूर्ण बनाउन सबैले पहल गर्नु आवश्यक रहेको सास्कृतविद्धहरु बताउँछन् ।उनीहरुका अनुसार चाडपर्वहरूले व्यक्तिका मात्र नभई राष्ट्रकै पहिचानलाई सम्बृद्ध बनाउँछ।

सम्बन्धित समाचार