क्रेनको ठक्करबाट एक छात्राको मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१७ गते   ४७५ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका ७ मा क्रेनको ठक्करबाट एक छात्राको ज्यान गएको छ । बागमती नगरपालिका ७ निमिचोकमा नम्बर नखुलेको क्रेनको ठक्करबाट बिहिबार बागमती नगरपालिका ७ कि अन्दाजी १८र१९ वर्षकी  सुमित्रा परियारको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । 
 बिहिबार बिहान करिब ११ बजे बागमती नगरपालिका ८ मा रहेको नवजन जागरण माविमा कक्षा ११ मा अध्यायनरत परियारलाई विद्यालय जाँदै गर्दा विपरित दिशाबाट आउदै गरेको क्रेनले ठक्कर दिएको र उनको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आक्रोसित विद्यार्थीहरुको भिडले क्रेनमा आगजनी गर्न खोज्दा  घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानिय विद्यार्थीहरु विच  झपड समेत भएको छ । झडपमा नेपाल प्रहरी र शसस्त्र प्रहरीका गरि करिब डेढ दर्जन घाइते भएका छन् भने ६ सेल अश्रुग्यास प्रहार भएको प्रहरीले जनाएको छ ।  तर पनि आक्रोसित विद्यार्थीहरुको भिडले क्रेनमा आगजनी गरेका र  आगलागीबाट क्रेनमा पुर्ण रुपमा क्षेती पुगेको प्रहरीले जनाएको छ ।
सो क्षेत्रमा अहिले ठुलो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी तैनाथ रहेका भएपनि विद्यार्थीहरुले शव उठाउन दिएका छैनन् । भने आक्रोसित विद्यार्थीहरुले न्यायको माग गर्दै प्रहरी  प्रशासन र जनप्रतिनिधिहरुका विरुद्धमा चर्को नाराबाजी गरि रहेका प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech