लक डाउन कार्यन्वयन गर्न स्वयम सेवक गठन गर्ने तयारी

3.2k Shares

कोरोना भाईरस(कोभिड १९ ) रोकथाम तथा नियन्त्रणका लागि ईलाका प्रहरी कार्यलय लालबन्दीले विशेष अभियान सञ्चालन गर्ने भएको छ । सरकारले कोरोना विरुद्ध घोषणा गरेको लक डाउनको महिनादिन पुगि सकेको भएपनिलक डाउनको प्रभावकारी रुपमा पालना तथा कार्यन्वयन नभएको भन्दै प्रहरीले नयाँ तरिकाबाट काम सुरु गर्न लागेको ईलाका प्रहरी कार्यलय लालबन्दीका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक नारायण थापाले बताउनु भयो । लालबन्दी नगरपालिका ७ मा मंगलबार जनप्रतिनिधिहरु तथा स्थानिबासी बिचको छलफलबाट लालबन्द िनगरपालिकाका हरेक वडा र हरेक वडाका हरेक टोल टोलमा वडा अध्यक्षहरु तथा जनप्रतिनिधिहरुको रोहवरमा स्वयम सेवक गठन गर्ने र परिचालन गर्ने विषयमा छलफल भएको ईलाका प्रहरी कार्यलयले जनाएकोे छ ।


प्रहरी समुदाय साझेदारी कार्यक्रमको प्रहरी मेरो साथी कार्यक्रम अन्र्तगत स्वयम सेवक गठन गर्ने र परिचालन गर्ने विषयमा छलफल भएको हो।

लक डाउनको पालना गर्ने क्रममा गाउँ तथा टोल टोलमा मानिसहरु जम्मा भएर बसेको पाईएकोले लक डाउनलाई पुर्ण पालना गराउने उद्धेश्य अनुरुप  हरेक वडाका हरेक टोल टोलमा वडा अध्यक्षहरु तथा जनप्रतिनिधिहरुको रोहवरमा स्वयम सेवक गठन गर्ने र परिचालन गर्ने विषयमा छलफल भएको प्रहरी निरिक्षक थापाले बताउनु भयो ।जसबाट लक डाउन पुर्ण पालना तथा कार्यन्वय गर्न सहज हुने प्रहरीले विश्वास लिएको छ ।

सम्बन्धित समाचार