सर्लाहीको बागमती नगरपालिका ७ मा क्रेनकाे ठक्करबाट ज्यान गएकी छात्राकाे शव पाेष्ट माटमका लागि जिल्ला अस्पताल मलंगवा पठाईएकाे छ । बागमती नगरपालिका ७ निमिचाेकमा नम्बर नखुलेकाे क्रेनकाे ठक्करबाट बिहिबार बिहान करिब ११ बजे बागमती नगरपालिका ७ कि अन्दाजी १८/१९ वर्षकी सुमित्रा परियारकाे घटनास्थलमै ज्यान गएकाे थियाे ।
बिहिबार बिहान करिब ११ बजे बागमती नगरपालिका ८ मा रहेकाे नवजन जागरण माविमा कक्षा ११ मा अध्यायनरत परियारलाई विद्यालय जाँदै गर्दा विपरित दिशाबाट आउदै गरेकाे क्रेनकाे ठक्करबाट ज्यान गएकी छात्राका पीडित पक्षकाे अवराेधका कारण बिहिबार रातअं करिब २ बजे सांसद हरी उप्रेती, बागमती नगरपालिकाकी उप- प्रमुख लिला माेक्तान र वडा नम्बर ७ का वडाध्यक्ष दुर्गा लामाकाे मध्यस्ततामा शवलाई पाेष्ट माटमका लागि जिल्ला अस्पताल पठाईएकाे ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले जानकारी दिनुभयाे । उहाँका अनुसार पीडित पक्षकाे सहमति नभएकोले शवलाई समयमै पाेष्ट माटमका लागि पठाउन नसकिएको हाे । शवलाई पाेष्ट माटमका लागि पठाए पछि अहिले साे क्षेत्र शान्त रहेकाे छ । भने ठक्कर दिने क्रेनका चालक ईलाका प्रहरी कार्यालय बरहथवाकाे नियन्त्रणमा छन् ।