सर्लाही प्रहरीद्धारा जिल्लाभर यात्रु सहायता कक्ष सञ्चालन

गणेश खड्का    प्रकाशित: २०८०-५-१० गते   २९५ पटक हेरिएको

सर्लाहीका विभिन्न स्थानहरुमा प्रहरीले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।नेपालीहरुको महान चाड बढादशैँ,तिहार र छठ नजिकिएसंगै जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी युनिटहरुले यात्रु सहायता कक्ष राखेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।उनका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाही मातहत रहेका ईलाका प्रहरी कार्यालयहरु,प्रहरी चौकीहरुका साथै अस्थायी प्रहरी कार्यालयहरुले यात्रु सहायता कक्ष स्थापना गरेका हुन ।

चाड पर्वको समयमा यात्रा गर्ने यात्रुहरुलाई कुनै किसिमका समस्याहरु परेमा सहयोग पाउन सास्ती नहोस भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए । अहिले स्थापना गरिएका यात्रु सहायता कक्षहरु छठ पर्व सम्म सञ्चालनमा आउने छन् ।

प्रहरीले हरेक वर्ष चाडपर्व विशेष सुरक्षा सर्तकता स्वारुप यात्रु सहायता कक्षको स्थापना गर्ने गरेको छ भने चाडपर्वको समयमा सवारी  साधनहरुको चेकजाँचका साथै सिमा सुरक्षा तथा अन्य सुरक्षाहरुमा पनि विशेष ध्यान पुर्याउने गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech