Close This

महोतरी र पर्साबाट ३६ किलो गाँजा र ६० पिस नाइट्राभेट सहित ५ जना नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१२-३ गते   ५८० पटक हेरिएको


शंखर पहाडी(गौरब)
जिल्ला प्रहरी कार्यालय महोतरीले अवैध लागुऔषध गाँजा सहित एउटा माटरसाईकल नियन्त्रणमा लिएको छ । महोतरी प्रहरीले अन्दाजी १५ किलो लागु औषध गाँजा सहित एउटा मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रकाश मल्लले जानकारी दिए ।
उनका अनुसार अवैध लागुऔषध गाँजा १५ किलो र एउटा मोटरसाईकल नियन्त्रणमा लिइएको हो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागुऔषध नाइट्राभेट ६० पिस र २४ किलो अवैध लागु औषध गाँजा सहित ५ जना मानिसलाई नियन्त्रणमा लिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech