महिला कुटपिट गर्नेलाई बचाउँदै वडा अध्यक्ष अधिकारी

3.3k Shares

सर्लाहीको लालबन्दी नगरपालिका १७ मा एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको छ । लालबन्दी नगरपालिका १७ की पञ्छी माया विकलाई बोक्सीको आरोपमा कुटपिट गरिएको हो ।
चैत १७ गते राती करिब  ९ बजेको समयमा माद्यक पदार्थ सेवन गरी स्थानियबासी अम्बर बहादुर भुजेल र सरस्वती भुजेलले बोक्सीको आरोप लगाई कुटपिट गरेका पीडित महिला वि.कले बताउनु भयो । 
आफु बिरामी भई उपचार गर्न लालबन्दी आएको र फर्किएर घरजाँदा आफुलाई अनावश्यक बोक्सीको आरोप लगाई स्थानिय अम्बर बहादुर भुजेल र सरस्वती भुजेलले कुटपिट गरेका पीडित विकको भनाई छ । सो विषयमा ईलाका प्रहरी कार्यालय लालबन्दीमा आफुले उजुरी दिएको भएपनि प्रहरीले उजुरी दर्ता नगरेको पीडित विकले बताउनु भयो । 
उजुरी दर्ता नगरेपनि ईलाका प्रहरी कार्यालय लालबन्दीले आज(शुक्रबार)को लागि बोलाएको बैठकमा लालबन्दी नगरपालिका १७ का वडा अध्यक्ष नवराज अधिकारीले पछि छलफल गर्ने भन्दै बैठक हुन नदिएका पीडित विकको आरोप छ । उनका अनुसार आफ्नो कोही मान्छे नभएकाले वडा अध्यक्षले हस्तक्षप गरी आफुलाई न्यान पाउनबाट बन्चीत गरेको उनको आरोप छ ।

सम्बन्धित समाचार