यातायात व्यवस्था कार्यालय मलंगवाले सर्लाहीका स्थानीय तहहरुमा नै सवारी चालक अनुमती पत्र पुर्याउन थालेको छ।यातायात व्यवस्था कार्यालय मलंगवामा प्राप्त भएका सवारी चालक अनुमती पत्रको स्मार्ट कार्डमा स्थायी ठेगाना उल्लेख भएका सेवाग्राहीहरुको सवारी चालक अनुमती पत्र सम्बन्धीत पालिकामा नै पुर्याउने काम सुरु गरिएको कार्यालय प्रमुख अरविन्द दासले जानकारी दिए ।उनका अनुसार सर्लाहीका ११ वटा नगरपालिका र नौ वटा गाउँपालिकामा स्थायी ठेगाना भई यातायात व्यवस्था कार्यालय मलंगवाबाट सवारी चालक अनुमती पत्र बनाई कार्ड उपलब्ध भएका सेवाग्राहीहरुलाई सहजता प्रदान होस भन्नका लागि आफ्नो स्थानीय पालिकामा नै सवारी चालक अनुमती पत्र पुर्याउन थालिएको हो ।
नेपाल सरकारले पछिल्लो समय नागरिकहरुलाई राज्यले उपलब्ध गराउने सेवा सुविधा घरघरमै पुर्याउने योजना बनाएर अनुसार यातायात व्यवस्था कार्यालय मलंगवाले पनि सो कार्यलाई साथ दिँदै सवारी चालक अनुमती पत्रको स्मार्ट कार्ड सम्बन्धीत पालिका मै पुर्याउन थालेको परिक्षा समितिका संयोजक छविन्द्र बहादुर योञ्जनले बताए । उनका अनुसार छपाइ भएर आएका लाइसेन्स लिन सेवाग्राही कार्यालयसम्म धाउनु नपरोस् भन्ने उद्देश्यले सरकारको नीति अनुरूप यातायात व्यवस्था कार्यालय मलंगवाले पालिकाको कार्यालयमा पुगेर लाइसेन्स हस्तान्तरण सुरु गरेको हो ।
पालिकाको कार्यालयमा लाइसेन्स पुगेको बारे यातायात व्यवस्था कार्यालय र पालिकाको कार्यालयहरूले सेवाग्राहीहरुको नामावली सहित सामाजिक सञ्जालमार्फत जानकारी प्रदान गर्दै आएको जिल्लाका पालिकाहरुले बताएका छन्।“लाइसेन्स नवीकरण नै अनलाइनबाट गर्न मिल्ने भएपछि सेवाग्राहीलाई थप सहजता होस् भनेर प्रिन्ट भएर आएका लाइसेन्ससमेत पालिकामै पु¥याउन थालेका छौँ।”कार्यालय प्रमुख दासले बताए ।
पालिकामै लाइसेन्स पठाइदिने सरकारको नीति राम्रो लागेको स्थानीयले बताएका छन्।अनलाइनबाटै लाइसेन्स र ब्लूबुक नवीकरण गर्न पाउँदा सहज र छरितो महसुस भइरहेको स्थानीयको भनाई छ छापिएर आएका सवारी चालक अनुमती पत्र पालिका कै कार्यालयमा लगेर हस्तान्तरण गर्ने काम सुरु गरिएको छ।यातायात व्यवस्था कार्यालयले पालिकामा ल्याएर हस्तान्तरण गर्ने लाइन्सेस सर्वसाधारणलाई वितरणका लागि सहजीकरण गर्न पालिकाहरूले कर्मचारीलाई जिम्मेवारी दिएर वितरण गर्ने गरेको पालिकाहरुले बताएका छन् ।