इश्वरपुर र हरिपुरका करिब ८ सय जनालाई न्यानो कपडा वितरण

322 Shares

सर्लाहीको इश्वरपुर नगरपालिका र हरिपुर नगरपालिकाका विभिन्न स्थानहरुमा रहेको विपन्न नागरिकहरुलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ।इश्वरपुर नगरपालिका १,३ र ९ रहरिपुर नगरपालिका ५ र ६ कागरी करिब आठ सय विपन्न परिवारलाई जाडोका लागि आवश्यक न्यानो डस्ना लगायतका कपडा वितरण गरिएको बागमती सेवा समाज नेपालका कार्यक्रम संयोजक रुपेश यादवले जानकारी दिए ।उनका अनुसार इश्वरपुर नगरपालिका १,३ र ९ का साथै हरिपुर नगरपालिका ५ र ६ का गरी आठ सय चार विपन्न परिवारलाई डस्ना,सलगा,पी फर्म लगायत गरी कुल पाँच हजार छ सय ७५ बराबरको न्यानो कपडा वितरण गरिएको हो ।1.jpg
विगत करिब तीन वर्षदेखि इस्लामिक रिलिफ नेपालको सहकार्यमा हरिपुर र ईश्वरपुर नगरपालिकामा जीविकोपार्जन,विपद् व्यवस्थापन सहयोग र खानेपानी तथा सरसफाईका क्षेत्रमा काम गरि रहेको बागमती सेवा समाज नेपालकी अध्यक्ष सुजता साहले बताइन् ।

उनका अनुसार सम्बन्धीत स्थानीय तहहरुका जनप्रतिनिधिहरुसंगको समन्वयमा विगत करिब ३० वर्षदेखि बागमती सेवा समाज नेपालले मधेश प्रदेशका आठ जिल्ला सहित काेशी प्रदेशका केही जिल्लाहरुमा सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । 

सम्बन्धित समाचार