सर्लाहीको हरिवनबाट शसस्त्र प्रहरीले विभिन्न प्रकारका तीनलाख भन्दा बढिकाे कपडा बरामद् गरेकाे छ ।
शसस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प हरिवनकाे टाेलीले ना ७ ख २६८२ नम्बरकाे रात्री बसकाे लगेट हुटबाट अमाेल शेरा भेष्ट ७ सय ८० वटा,ठुलाे ३१ वटा र सानाे ३५ वटा गरि जम्मा ६६ वटा लेङ्गा गरि रु ३ लाख ३ हजार ९ सयकाे कपडा बरामद् गरेकाे शसस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प हरिवनका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी नायव उपरीक्षक विकाश भुजेलले जानकारी दिनु भयाे । उहाँका अनुसार विशेष सुराकीको आधारमा चेकजाँच गर्दा बसकाे लगेज हुटबाट अमाेल शेरा भेष्ट ७ सय ८० वटा, लेङ्गा ठुलाे ३१ वटा र सानाे ३५ वटा गरि ६६ वटा लेङ्गा गरि जम्मा रु ३ लाख ३ हजार ९ सय बराबरकाे बरामद् भएको हाे ।
रात्री बसकाे एसिलाईट हुने स्थानमा लाईटकाे नट खाेलि लुकाइ छिपाई भन्सार छलेर काठमाडौं लैजान लागेकाे चकरघट्टाबाट काठमाडौं जाने बसमा साे कपडा बरामद् भएको हाे ।