Close This

सर्लाहीमा कोरोना सन्त्रास , बोलबमको भिड बढदै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-१४ गते   २६५ पटक हेरिएको

जिल्लामा कोरोनाको जोखिमसंगै बोलबम जानेहरुको भिडभाड देखिन थालेको छ । जिल्लाको बागमती नदीमा जल लिन आउने अनि विभिन्न शिवालयहरुमा सो जल चढाउन जानेहरुको  भिडभाड अचानक बढेको हो ।
 साउन महिनभरि बोलबम भन्दै देशका विभिन्न स्थानका शिवालयहरुमा जाने श्रदाजु भक्तजनहरुको भिड देखिने गरेको छ । अन्य दिनभन्दा सोमबार अत्यधिक भिड हुने गरेको पाइएको छ । जल लिनका लागी जिल्लाको बागमतीमा रौतहट , बारा , पर्सा , मकवानपुर, धनुषा , महोत्तरी लगायतका मानिसहरु आउने गरेका गर्दछन । अहिले जिल्लाका पुर्व पश्चीम लोकमार्गमा पैदल यात्री , मोटरसाइकल , ट्याक्टर तथा विभिन्न सवारी साधनमा श्रदाजु भक्तजनहरु खचाखच आउने गरेका छन । 
कोरोना संक्रमणको त्रासका कारण सरकारले स्वास्थ्य मापदण्ड बनाएको छ तर त्यसको पालना कुनै निकायले गरेका छैनन । यसरी भिडभाड हुदासम्म नियमनकारी निकाय भने सो भिडभाडलाई रमाइलो मानेर हेरिरहेका छन । त्यसबाट हुन सक्ने खतराको कसैले चासो गरेका छैनन । जब जोखिम समुदायमा प्रबेश गर्न शुरु हुन थाल्छ अनि सम्न्धीत निकाय सर्वससाधरण नागरिकलाई लाठी चार्ज गर्न थाल्छन । नियमनकारी निकायको यस्तो मनपरितन्त्रका कारण नागरिकले सास्ति खेप्दै आएका छन । 
अहिले जिल्लामा कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । जिल्लाका विभिन्न स्थानमा मानिसहरुको भिडभाड तथा स्वास्थ्य मापदण्ड विपरित दैनिक क्रियाकलाप सञ्चालन गर्दै आएका छन । यसरी भिडभाड बढी रहँदा जिल्लामा पनि समुदायस्तरमा नै कोरोना संक्रमण त फैलिएको छैन भन्ने त्रास नागरिकमा उत्पन्न भएको छ ।

यस्तो अबस्थामा नागरिकको दैनिक क्रियाकलापलाई प्रभाव नपर्ने गरि स्वास्थ्य मापदण्डलाई कडाइका साथ मनन् गराउने तर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिएको छ । आम नागरिकले पनि सचेत रहनु पर्नेमा स्थानियले जोड दिएका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech