Close This

बागमती सेवा समाजद्धारा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१६ गते   ४९८ पटक हेरिएको

 सर्लाहीको बागमती सेवा समाजले कोरोना संक्रमित बिरामीको चेक जाँच तथा उपचारमा  सहयोग पुर्याउन जिल्ला अस्पताल मलंगवालाई स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ ।सेभ द चल्ड्रेनको सहयोगमा बागमती सेवा समाजले जिल्ला अस्पताल मलंगवालाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
 मंगलबार अस्पतालको प्रांगणमा  जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा संस्थाका व्यवस्थापन प्रमुख गजेन्द्र साहले जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संजिब सिंहलाई कोरोनाको बिरामी राख्ने १ सेट टेन्ट र दुईवटा थर्मल गन हस्तान्तरण गर्नुभएको हो । 
सर्लाहीमा पनि कोरोनाका बिरामी फेला परेका कारण जिल्लालाई सुरक्षा तथा स्वास्थ्यको दृष्टिकोणले विशेष तरिकाबाट हेरीएको छ । भने सहयोगीदाताहरुले विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरि रहेका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech