Close This

देशैभरी चिसाे बढ्याे,जनजीवन प्रभावित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-७ गते   ११५ पटक हेरिएको

सर्लाही सहित देशैभरी बिहीबार बिहानैबाट बाक्लो हुस्सु सहित जाडाे बढेकाे छ । मंसिर अन्तिम साताबाट बाक्लो हुस्सु लाग्न सुरु भएर विगत  ३/४ दिनदेखि दिनभर पारिलो घाम लाग्न थालेको थियो । तर, फेरि बिहिबार बिहानबाट बाक्लो हुस्सु लाग्न सुरु भएको हो । जसका कारण  सर्लाहीको न्यूनतम तापक्रम १२ डिग्री सेल्मीयस मापन गरिएको जल तथा माैसम विज्ञान पुर्वानुमान महाशाखाले जनाएको छ ।
कठ्यांग्रिदो चिसोले पराल ओछयाएर सुत्न बाध्य मुसहर, डोम, चमारजस्ता अतिविपन्न तथा दलित अनि मजदुर परिवार प्रभावित बनेका छन् । चिसोले कठ्यांग्रिएर जिल्लामा हाल सम्म ३ जना मानिसको मृत्यु समेत भइसकेको छ । हरिपुर नगरपालिकाको वडा नं. ६ लक्ष्मीपुर र ९ पिडारीमा ३ जनाको ज्यान गइसकेको छ ।
प्रभावितलाई चिसोबाट जोगाउन पालिका र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेका स्थानीयकाे आराेप छ । पूर्ण अधिकार सहितका स्थानीय सरकार प्राप्त स्थानीय निकायले चिसोले पालिकाभित्रका वासी कठ्यांग्रिएर रहेको र केहीको मृत्यु भइसक्दा समेत न्यानो प्रदान गर्न चासो नदिएको भन्दै चर्को आलोचना सुरु भएको  छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech