सर्लाहीमा एमालेको उम्मेदवार सिफारिस तिब्रगीमा

2.3k Shares

नेकपा(एमाले) सर्लाहीले आसन्न स्थानीय निकायको निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवारहरूको नाम सिफारिस सुरु गरेको छ । जिल्लाका दुई सय वडामध्ये धेरै ठाउँमा सर्वसम्मत ढंगले उम्मेदवार सिफारिस भएको एमाले सर्लाहीका जिल्ला अध्यक्ष राजनारायण साहले जानकारी दिनु भयो । उहाँका अनुसार ‘पार्टीको आन्तरिक कामले गर्दा केही ठाउँमा उम्मेदवार सिफारिसको काम बाँकी रहेको छ । धेरै ठाउँमा उम्मेदवारहरू सर्वसम्मत सिफारिस भई सकेका अध्यक्ष साहले बताउनु भयो ।
वडा तहका उम्मेदवार जिल्लाबाटै एवम पालिका प्रमुख र उपप्रमुखको नाम प्रदेश कमिटीमा सिफारिस गरिने अध्यक्ष साहले बताउनु भयो । देशभरमै सर्वाधिक २० स्थानिय तह रहेको सर्लाहीका केही पालिका प्रमुख र उपप्रमुखको पनि नाम सिफारिस भइसकेको अध्यक्ष साहले बताउनु भयो ।
‘हामीले वडा तहदेखि नै संयन्त्र बनाएर पारदर्शी ढंगले उम्मेदवार सिफारिस गर्ने विधि बनाएका थियौं,’‘त्यसले गर्दा सकेसम्म सर्वसम्मत र नभए पनि विवादरहित ढंगले नाम सिफारिस भएका अध्यक्ष साहले बताउनु भयो । गठबन्धनको जस्तो अन्यौल एमालेमा नरहेको उहाँले बताउनु भयो ।’
यहि वैशाख ३ गते शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली सर्लाही आउने भएकाले जिल्ला कमिटी र नेताहरू त्यसको तयारीमा जुटेका नेकपा(एमाले) सर्लाहीले जनाएको छ । पार्टी अध्यक्ष ओलीको कार्यक्रम सकिए लगत्तै उम्मेदवार सिफारिसलाई टुंग्याउने तयारीमा जिल्ला कमिटी जुटेको एमाले सर्लाहीले जनाएको छ ।
‘न्यायपूर्ण ढंगले र एकतावद्ध भएर तलैदेखि साथीहरूले उम्मेदवार प्रस्ताव गर्नु भएको छ,’ ‘लगभग ३० प्रतिशत सिफारिसको काम टुंगिएको अध्यक्ष साहले बताउनु भयो । ३ गतेपछि जिल्लाका सबै स्थानिय निकाय र वडाहरुका उममेदवार टुंग्याएर चुनामा होमिने नेकपा(एमाले) सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार