सर्लाहीको हरिवन नगरपालिकाका जनप्रतिनिधिहरुले आफुले प्रयाेग गरेका सवारीसाधन फिर्ता गरेका छन् । आगामी स्थानिय निकायकाे निर्वाचनलाई लक्षित गरि चैत २२ गते नगरपालिका नगर कार्यपालिकाकाे बैठकले निर्णय गरि बैशाख १ गतेदेखि कुनै पनि सेवा सुविधा नलिने र आफुहरुले प्रयाेग गरेका सवारीसाधनहरु नगरपालिकालाई फिर्ता गरेका हुन ।
निर्वाचन आचारसंहिता लागू भएकाे र चुनावी चहल पहल सुरु भएकाले जनप्रतिनिधिहरु माथि लाग्ने आराेप प्रत्याराेपलाई लक्षित गर्दै सरकारी सेवा सुविधा र सरकारी सवारीसाधन प्रयाेग गर्दा नकारात्मक असर पर्ने भएकोले आफुहरुले बैशाख १ गते नै फिर्ता गर्ने भनिएकाे भए पनि बिदा परेका कारण आज शुक्रबार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज निराैलालाई हस्तान्तरण गरिएको नगर प्रमुख गणेश प्रसाद प्रसाईंले बताउनु भयाे ।
हरिवन नगरपालिकाका ११ वटा वडाहरु मध्य ५ जना वडा अध्यक्षहरुले सरकारी सवारीसाधन नै प्रयाेग गरेका थिएनन् । हरिवन नगरपालिका ७ देखि ११ सम्मका वडा अध्यक्षहरुले सरकारी सवारीसाधन नलिएका र १ देखि ६ सम्मका वडा अध्यक्षहरुले सरकारी सवारीसाधन प्रयाेग गरेका हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेख मेहबुब रेजाले जानकारी दिनुभयाे ।
हरिवन नगरपालिकाका प्रमुख प्रसाईंले स्कारपियाे,उप प्रमुख रेणुका पाैडेलले टाटा सुमाे र ६ जना वडा अध्यक्षहरुले सरकारी माेटरसाईकल प्रयाेग गरेका थिए ।