कमिसन बांडफांट नमिल्दा चन्द्रनगरका प्रमुख प्रशासकीय अधिकृत पालको सरुवा

461 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिका का अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बीच कमिसनको भागबण्डा नमिल्दा गाउँपालिका अध्यक्ष राज कुमार महत्तोले प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालको सरुवा गराएका छन्।चन्द्रनगरमा सञ्चालित विकास निर्माणका योजनाहरू र ठेक्का पट्टा सम्बन्धी कामहरुको आर्थिक लेनदेनमा मतभेद उत्पन्न भएपछि अध्यक्ष महत्तो र प्रमुख प्रशासकीय अधिकृत पाल बीच विवाद उत्पन्न भएको थियो।सोही विवादलाई लिएर गाउँपालिका अध्यक्ष महत्तोले प्रमुख प्रशासकीय अधिकृत पालको सरुवा गरी गाउँपालिकाका इन्जिनियर राजेश कुमार यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएका छन् ।विशेष गरी ठूला योजनाहरूमा कमिसनको प्रतिशत मिलाउन नसक्दा अध्यक्ष महत्तोले संघिय मामिला तथा स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालयमा दबाब दिएर प्रमुख प्रशासकीय अधिकृत पालको पाँचै महिनामा सरुवा गराएर आफ्नो नजिकका गाउँपालिकाका इन्जिनियर यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएका गाउँपालिकाका एक जनप्रतिनिधिले बताए ।
उनीहरुका अनुसार किर्ते र जाली काममा माहिर मानिएका गाउँपालिका अध्यक्ष महत्तो र जताततै कमिसन असुलीमा लिप्त देखिने जगेडामा रहेका प्रमुख प्रशासकीय अधिकृत पाल विच गाउँपालिकाका योजनाहरुका साथै विकास निर्माणका कामको कमिसन असुलीमा कुरा नमिलेर विवाद हुने गरेको थियो ।स्रोतका अनुसार“विगत केही महिनादेखि अध्यक्ष महत्तो र प्रमुख प्रशासकीय अधिकृत पालबीच कमिसन असुलीको विषयलाई लिएर सम्बन्ध चिसिएको थियो।विभिन्न विकासका योजना र बजेट निकासा सम्बन्धी छलफलहरूमा पनि दुबै पक्षबीच असहमति देखिएको थियो।”
गाउँपालिका अध्यक्ष महत्तोले प्रमुख प्रशासकीय अधिृकत पालको सरुवा गर्न पहल थालेपछि गाउँपालिकाको प्रशासनिक कामकाज प्रभावित भएको छ भने स्थानीयवासीले समेत चर्को आलोचना गरेका छन्। गाउँपालिकाका कर्मचारीहरूमा समेत असन्तुष्टि देखिएको छ ।
यस विषयमा गाउँपालिका अध्यक्ष महत्तोसँग बुझ्दा फोन गर्दा उनको फोन उठेन भने प्रमुख प्रशासकीय अधिकृत पालले आफूलाई योजनाबद्ध रूपमा हटाएर गाउँपालिकामा भ्रष्ट्राचार मौलाउने कार्यमा गाउँपालिका अध्यक्ष महत्तो सक्रिय भएका आरोप लगाएका छन्।यदी प्रमुख प्रशासकीय अधिृकत पालले भने झैँ हो भने स्थानीय तहमा हुने कमिसन खेल र शक्ति संघर्षको तीतो यथार्थ पुनःउजागर गरेको छ।त्यस्तै,गाउँपालिका अध्यक्ष महत्तोले आफ्ना कर्तुतहरु बाहिर निस्कने डरले गाउँपालिका मै कार्यरत इन्जिनियर यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर पाइएको छ ।यता, गाउँपालिका अध्यक्ष महत्तोले प्रमुख प्रशासकीय अधिकृत पाललाई सरुवा गराउने खेल सुरु गरेपछि प्रमुख प्रशासकीय अधिकृत पालले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आफुलाई पाँचै महिनामा गर्न लागिएको सरुवा बदर गरिदिन भन्दै पत्र पठाएका थिए।त्यसपछि प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले सो पत्रलाई आवश्यक काम कारवाही गर्न भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको भएपनि गाउँपालिका अध्यक्ष महत्तोले एक निर्माण व्यवसायी मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दवाव सृजना गरी इन्जिनियर यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउन सफल भएका पाइएको छ। स्रोतका अनुसार मन्त्रालयका पौडेल थरका एक कर्मचारीलाई गाउँपालिकाका इन्जिनियर यादवको नाममा पत्र बनाउन र निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउन ती निर्माण व्यावसायीले दवाव दिएका थिए ।
चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले आफ्ना काला कर्तुतहरु लुकाउन प्रमुख प्रशासकीय अधिकृत पालबाट सम्भव नदेखेपछि उनको सरुवा गरी इन्जिनियर यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएका चन्द्रनगरका अर्का जनप्रतिनिधिले बताए।चन्द्रनगर गाउँपालिकाका बहुमत र अल्पमतको लडाईका कारण विकास निर्माणका कामहरु प्रभावित हुनुका साथै कर्मचारीहरु,शिक्षकहरुका साथै विभिन्न लाभग्राहीहरुले समय मै तलब भत्ता पाउन सकेका छैनन् ।स्रोतका अनुसार ती निर्माण व्यावसायीले चन्द्रनगर गाउँपालिकामा करिब रु पाँच करोडको काम गरेका र गाउँपालिका अध्यक्ष महत्तो र प्रमुख प्रशासकीय अधिकृत पालविच कमिसन भागवण्डको कुरा नमिल्दा उनको भुक्तानी रोकिएको थियो ।

सम्बन्धित समाचार