आफूहरू जीवित हुँदासम्म संविधान संशोधन गर्न नसक्ने (माओवादी केन्द्र)का अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री दाहालको दाबी

117 Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान सरकार भ्रष्टाचारीहरूको सरकार भएको बताएका छन्।शनिवार काठमाडौँ–नुवाकोट सम्पर्क समन्वय समितिको जिल्ला भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरूको सरकार रहेको बताएका हुन ।
उनले माओवादी केन्द्रको नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको फाइल खोल्न थालेपछि भ्रष्टहरू डराएर तत्कालीन सरकार ढालेर वर्तमान सरकार गठन गरेका दाबी गर्दै यो सरकार दलाल,पुँजीपति,बिचौलिया,कमिसनखोर,जाली र फटाहाहरुको प्रतिनिधिको रूपमा रहेको आरोप लगाएका छन् ।उनले आफू समातिने हुँ कि भनेर भ्रष्टाचारीहरूमा डर पैदा भएका कारण माओवादी केन्द्र नेतृत्वको सरकार ढालेर  नयाँ गठबन्धको सरकार गठन भएको बताए ।
माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री दाहालले“हामीले जब भ्रष्टाचारका विरुद्ध एकपछि अर्को फाइल खोल्दै गयौँ।सुशासनको पक्षमा आफ्नो अभियान अगाडि बढाउँदै लग्यौँ। सामाजिक न्यायको पक्षमा,उत्पीडित वर्ग,समुदायको पक्षमा अघि बढाउँदै लग्यौँ।आर्थिक समस्या समाधान गर्दै लग्यौँ।तब यो देशका दलाल र बिचौलियाहरूमा छटपटी पैदा भयो। तिनीहरूभित्र आतंक पैदा भयो।त्यसकारण उनीहरुले यो सरकारलाई हटाउनैपर्छ भनेर दलाल,पुँजीपति, बिचौलिया,कमिशनखोर,जाली र फटाहाले नेपाली काँग्रेस र नेकपा(एमाले)का नेताहरूलाई प्रतिनिधि बनाएर सरकार बनाइएको हो।त्यसकारण यो भ्रष्टाचारीहरुकै सरकार हो। भ्रष्टाचारीहरुकै रक्षाका निम्ति बनाइएको सरकार हो।”बताए ।
माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री दाहालले सरकारसँग भएको दुई तिहाइले केही नगर्ने समेत बताए।जनताको आकांक्षा र जनभावना विपरीत गएमा दुई तिहाइ बहुमतलाई जनताले ठेगान लगाइदिने उनको भनाइ छ।उनले आफूहरू जीवित हुँदासम्म दुनियाँको कुनै तागतले पनि संविधान संशोधन गर्न नसक्ने दाबी समेत गरे। माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री दाहालले माओवादी केन्द्रलाई कसैले फुटाउन नसक्ने बताउँदै फुटेर गएका माओवादी शक्ति पनि छिटै एकताबद्ध भइसक्ने दाबी समेत गरे ।

सम्बन्धित समाचार