Close This

सरकारले बढाएको रासायनिक मलको मुल्यबृद्धि फिर्ता लिन महासंघ सर्लाहीको ज्ञापन–पत्र

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१२-३ गते   ६४ पटक हेरिएको

शंखर पहाडी(गौरब)
सरकारले रासायनिक मलमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल किसान महासंघ सर्लाहीले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन–पत्र बुझाएको छ ।
महासंघका सर्लाही जिल्ला अध्यक्ष विष्णुमणि घिमिरेको नेतृत्वमा पुगेका किसान अगुवाहरुले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमार्फत नेपाल सरकार कृषि मन्त्रालयलाई ज्ञापन–पत्र बुझाएका हुन ।
सरकारले केही दिनअघि मात्रै मलमा दिँइदै आएको अनुदान कटाए पछि रासायनिक मलको मुल्यबृद्धि भउको थियो । सरकारले मलको अनुदान कटाई बीउ,बिजनमा बढाएको मूल्यवृद्धि प्रति नेपाल किसान महासंघ सर्लाहीको गम्भीर ध्यानाकर्षण भएको ज्ञापन–पत्रमा उल्लेख गरिएको छ । सरकारको यो निर्णयले निरीह किसानहरुको थप ढाड सेक्ने काम भएको महासंघ सर्लाहीले जनाएको छ ।
लाखौँ किसानहरुसँग जोडिएको मागलाई सरकारले यथाशिघ्र सम्वोधन नगरे सम्पूर्ण किसानहरुलाई साथमा लिएर सडक आन्दोलनमा उत्रने महासंघ सर्लाहीको ज्ञापन–पत्रमा उल्लेख छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech