माओवादी केन्द्र लालबन्दीमा प्रमुख उप प्रमुख सहित १७ वटै वडाका उम्मेदवारको मनोनयन,चारजना निवर्तमान वडा अध्यक्ष

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-१२ गते   १६३६ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) ले लालबन्दी नगरपालिकाका नगर प्रमुख र उप प्रमुख सहित  १७ वटै वडा उम्मेदवारहरुको मनोनयन दर्ता गरेको छ । बैशाख ३० गते हुने स्थानीय निकायकोे निर्वाचनका लागि लालबन्दी नगरपालिकाको नगर प्रमुख पदमा  माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष प्रल्हाद बुढाथोकी र उप प्रमुखमा माओवादी केन्द्र लालबन्दी नगर कमिटि कोषाअध्यक्ष शुमित्रा श्रेष्ठले उम्मेदवारी दिनु भएको नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटिका सचिव राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो । 
 माओवादी केन्द्रले लालबन्दी नगरपालिका १ को वडा अध्यक्ष पदका लागि देब नारायण महत्तो,२ को वडा अध्यक्ष पदका लागि किरण पासवान, ३ को वडा अध्यक्ष पदका लागि मुक्ति नारायण चौधरी , ४ को वडा अध्यक्ष पदका लागि केदार काफ्ले, ५ को वडा अध्यक्ष पदका लागि श्रबण कुमार  माझी, ६ को वडा अध्यक्ष पदका लागि योग प्रसाद दाहाल ( भरत) , ७ को वडा अध्यक्ष पदका लागि शान्ता भण्डारी, ८ को वडा अध्यक्ष पदका लागि शुक्र पाख्रीन,९ को वडा अध्यक्ष पदका लागि काजी खपाङ्गी मगर,१० को वडा अध्यक्ष पदका लागि भोला आले मगर,११ को वडा अध्यक्ष पदका लागि धुर्ब भण्डारी, १२ को वडा अध्यक्ष पदका लागि दुर्गा बहादुर आले,१३ को वडा अध्यक्ष पदका लागि नेमा दोर्जे  योन्जन,१४ को वडा अध्यक्ष पदका लागि पेमा सिंह लो तामाङ र १५ को वडा अध्यक्ष पदका लागि गोरख बलले उम्मेदवारी दर्ता माओवादी केन्द्र लालबन्दी नगर कमिटि अध्यक्ष लेखराम जर्घा(अर्जुन)ले जानकारी दिनु भयो । 
त्यसैगरी लालबन्दी नगरपालिका १६ को वडा अध्यक्ष पदका लागि गणेश थापा र  १७ को वडा अध्यक्ष पदका लागि बिष्णुहरी अधिकारीको उमेदवारी परेको छ । जस अनुसार लालबन्दी नगरपालिका २, का पासवना,१२ का आले मगर,१५ का बल र १६ का थापा निवर्तमान वडा अध्यक्षहरु हुन भने अरु नयाँ उम्मेदावार खडा भएका माओवादी केन्द्र लालबन्दी नगर कमिटिले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech